भरतपुरको शपथ ग्रहण एमालेद्वारा बहिस्कार


प्रकाशित मिति : श्रावण २२, २०७४ आईतबार

– विमल खतिवडा

श्रावण २२, २०७४- भरतपुर महानगरपालिकाको शपथ ग्रहण कार्य्रक्रम एमालेले बहिस्कार गरेको छ । आइतवार दिउँसो सुरु भएको शपथ ग्रहणमा एमालेका तर्फबाट निर्वाचित कोही पनि प्रतिनिधिले भाग लिएका छैनन् ।

‘मतपत्र च्यात्नेसंगै शपथ लिंदैनौ । यसले लोकतन्त्रको खिल्ली उडाउने काम हुन्छ’ एमाले चितवन जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल भने, ‘हामी छुट्टै भोली शपथ लिन्छौं ।’ भरतपुर महानगरपालिकाका नवनिर्वाचित प्रतिनिधिहरुको शपथ चितवन जिल्ला समन्वय परिषद्को सभाहलमा भइरहेको छ ।

गत बैशाख ३१ गते भएको निर्वाचनको मत गणना भइरहेको बेला माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि स्थागित मतगणना सर्वोच्च अदालतको फैसलापछि १९ नम्बर वडाको पुन मतदान भएर गणना भएको थियो । पुन: मतदानपछि भएको मतगणनामा मेयरमा माओवादी–कांग्रेसकी साझा उम्मेदवार रेणु दाहालले जितेकी छन् ।

भरतपुर महानगरपालिकाको मत परिणाम अनुसार १४ वटा वडामा एमाले, १२ वडामा नेपाली कांग्रेस र ३ वडामा एमालेले जितेको छ । वडा नम्बर ४ र ७ को भने विवाद भएका कारण पुनरावेदन अदालतले सपथ नखुवाउन आदेश दिएकोले रोकिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com