जलवायु परिवर्तन : पेरिस सम्झौताबाट अमेरिका अलग


प्रकाशित मिति : श्रावण २२, २०७४ आईतबार

श्रावण २२, २०७४- अमेरिकाले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट अलग हुने बताएको छ । गत जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताबाट बाहिरिने निर्णय गरेका थिए । ट्रम्पको निर्णयको चौतर्फी आलोचना भएको थियो । ह्वाइटहाउसले ट्रम्पको निर्णय कार्यान्वयन गर्न लागेको लिखित जानकारी संयुक्त राष्ट्रसंघलाई दिएको हो ।

ट्रम्पले सम्झौताले अमेरिकालाई ‘दण्डित’ गरेको र लाखौं रोजगारी कटौती गर्ने बताएका थिए । उनले देशभित्र ऊर्जा तथा अन्य उद्योगहरूमा क्षति पुग्ने बताएका थिए । अमेरिकी विदेश मन्त्रालयले बहिर्गमनको प्रक्रियाका लागि एक वर्ष लाग्ने जनाउँदै त्यतिन्जेल अमेरिका जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुने बताएको छ । सन् २०१९ को नोभेम्बरअघि सम्झौताबाट अमेरिका औपचारिक रूपमा अलग हुन सक्ने छैन ।

राष्ट्रसंघलाई पठाइएको पत्रमा अमेरिकाले हरितगृह ग्यास उत्सर्जन कम गर्ने लक्ष्यले आफूलाई वर्षौं अर्बौं डलर घाटा पर्ने जनाएको छ । पेरिस सम्झौता परिमार्जन गर्न वार्ताका लागि भने तयार रहेको अमेरिकाले जनाएको छ । २०१५ मा भएको पेरिस सम्झौतामा १ सय ९६ देशले हस्ताक्षर गरेका छन् । गत महिना जर्मनीमा भएको जी–२० सम्मेलनका सहभागी राष्ट्रहरू अमेरिकाको अडानले विभाजित भएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com