बाढीले डुबायो नवलपरासीको सिमावर्ती


प्रकाशित मिति : श्रावण २०, २०७४ शुक्रबार

– नारायण शर्मा

श्रावण २०, २०७४- लगातारको झरीले नवलपरासीको सिमावर्ती क्षेत्रमा बाढीले निकास नपाउँदा त्यस क्षेत्रका सयौं घर डुबानमा परेका छन् भने हजारौं बिगाहमा लगाइएको धान खेतीमा पनि क्षति पुगेको छ ।

झराही र खजुरा खोलामा आएको बाढीले निकास नपाउँदा सदरमुकाम परासी नजिकका गाउँहरु हरपुर, महेशपुर, भुजहवा, बैदौली, सोमनी, कुश्मा र सहनइ गाउँ डुबानमा परेका छन् । वर्षात्‌का कारण महेशपुर परासी सडक खण्ड, सेमरी बेलासपुर सडक खण्ड र झराही खोला सडक खण्डमा यातायात अवरुद्ध भए । पानीको सतह अत्यधिक बढेका कारण खेतमा बनाइएका घरहरु डुबानमा परेको र कतिपय घरको अन्नपात समेत डुबेको स्थानीय शिक्षक झिंकुप्रसाद यादवले बताए ।

स्थानीय प्रशासनले डुबान क्षेत्रका बासिन्दालाई सुरक्षित रहन र कतै जोखिमको अवस्था देखिए तत्काल नजिकको प्रहरीलाई खबर गर्न आह्वान गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com