श्रावण २०, २०७४- राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार विज्ञान समूहको नतिजा प्रकाशन गरेको छ । बोर्डको शुक्रबार बिहान बसेको बैठकले १२ को नतिजा प्रकाशन गरेको हो । परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार ७९.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गतवर्ष ७३.४४ प्रतिशत उत्तीर्ण भएका थिए ।
बैशाखमा सञ्चालित परीक्षामा ४४ हजार ८ सय ९७ जना सहभागी भएकोमध्ये ३५ हजार ६ सय ६८ विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा दिनेमध्ये १७ जनाको परीक्षा रद्द गरिएको उनले बताए ।
त्यस्तै आंशिकतर्फ ४३.५९ प्रतशित विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा ९ हजार ४ सय ८९ जना सहभागी भएकोमा ४ हजार १ सय ३७ जना उत्तीर्ण भएका छन् । ३ जनाको परीक्षा रद्द गरिएको बतासले बताए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।