नेयमरको प्रस्ताव स्वीकार्न आग्रह


प्रकाशित मिति : श्रावण २०, २०७४ शुक्रबार

श्रावण २०, २०७४- फ्रान्सेली लिगले बिहीबार नेयमरको बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन स्थानान्तरणमा स्पेनी सरोकारवालालाई प्रस्ताव स्वीकार गर्न आग्रह गरेको छ।

नेयमरका सल्लाहकारका अनुसार बार्सिलोनाले तोकेको २२ करोड २० लाख युरो (२६ करोड डलर) को चेक ला लिगाले अस्वीकार गरेको एक घण्टापछि नै फ्रान्सेली लिगले कडा विज्ञप्ति जारी गर्‍यो। फ्रान्सेली संस्थाले २५ वर्षीय खेलाडीको विश्व कीर्तिमानी रकममा स्थानान्तरणका लागि स्पेनी लिगलाई ‘फिफाको नियम र जिम्मेवारीमा रहन’ भनेको छ।

‘बहिर्गमनको सर्त पूरा गरेर पनि ला लिगाले अस्वीकार गरेकामा एलएफपी (फ्रान्सेली लिग) लाई आश्चर्य लागेको छ र बुझ्न नसकिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘एलएफपीले पेरिस सेन्ट जर्मेनलाई समर्थन गर्छ र नेयमर लिग वान च्याम्पियनसिपमा आउने छन्।’

यसअघि ला लिगाका प्रवक्ताले ‘खेलाडीको कानुनी सल्लाहकार ला लिगाको सर्तमा उपस्थित रहेको र यसलाई अस्वीकार गरेको’ पुष्टि गरेका थिए। स्पेनी लिगका एक ठूला स्टार पीएसजी सर्न लागेकोबारे ला लिगाका अध्यक्ष जाभियर तेबासले समीक्षकसँग बोल्न चाहेका छैनन्। कर कटौती गरेर वार्षिक ३ करोड युरो तलब दिनेसहित ठूलो लगानी गरेर फ्रान्सेली महारथीले आर्थिक अनुशासन नियमावली (एफएफपी) उल्लंघन गरेको तेबासको विश्वास छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com