‘मलाई पनि शिकार बनाइयो’- पूर्ण बानिया
प्रकाशित मिति : श्रावण २०, २०७४ शुक्रबार
एनआरएन अमेरिकाको निर्वाचन आयोगले बुधबार राती प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावलीमा अध्यक्षका दावेदार रहेका गौरी जोशीका साथमा उनको प्यानलका महासचिव उम्मेदवार पूर्ण बानियाको समेत नाम प्रकाशित गरिएको छैन । गौरी जोशीसँगै आफूलाई पनि शिकार बनाइएको भन्दै बानियाले आपत्ति जनाएका छन् ।
खसोखाससँग कुराकानी गर्दै उनले भने – ‘बेलुका ११ बजेसम्म सुचीमा मेरो नाम थियो । तर मध्यरातमा प्रकाशित सुचीमा मेरो नाम हटाइयो । मेरो नाम किन हटाइयो मलाई केही जानकारी दिइएको छैन । तर मलाई पनि जोशीसँगै शिकार बनाइयो ।’
एनआरएन अमेरिकाको विभिन्न तहको चुनावमा २ सय १० जनाको निर्वाचन आयोगले जनाएको थियो । तर उम्मेदवारको अन्तिम सुचीमा २ सय जनाको मात्र नाम प्रकाशित गरिएको छ । निर्वाचन आयोगले यही अगस्त ११ र १२ मा निर्वाचन गराउने जनाएको छ ।