‘जोशीलाई एनआरएन अमेरिकामा उठ्न नदिइनु अवैधानिक र अलोकतान्त्रिक’


प्रकाशित मिति : श्रावण १९, २०७४ बिहीबार

एनआरएन अमेरिकाको आगामी चुनावका लागि बनाइएको गौरी जोशी टिमले उम्मेदवारको अन्तिम सुचीमा जोशीको नाम प्रकाशित नहुनुलाई अवैधानिक र अलोकतान्त्रिक कदमको संज्ञा दिदै त्यसको भत्र्सना गरेको छ । टिमले जारी गरेको वक्तब्यमा कोहि कसैलाई नियोजित रुपमा उमेद्वार बन्न नदिने तमासा कमसेकम एनआरएनआइसीसीले यही निर्वाचन विवादको वारेमा छानविन गर्न बनाएको समितिको प्रतिवेदन नाउञ्जेलसम्मको निम्ति भएपनि रोकेर विधि र प्रक्रियाको सम्मान गर्न सम्वद्ध सवैलाइ आग्रह गरेको छ । साथै सभ्य समाजलाइ नसुहाउने यस्तो हेपाहा र निरङ्कुश शैलीको विरुद्धमा एकतावद्ध भएर प्रतिवाद गर्नु हुन समस्त अमेरिकामा रहनु हुने नेपालीहरुलाइ अनुरोध गरिएको छ ।

वक्तब्यको पूर्ण पाठ

हामी सवै प्रवासीहरुको आस्था , अपेक्षा र भरोसाको केन्द्रको रुपमा रहेको गैर आवासीय नेपाली संघ ( एनआरएन ) अमेरिकाको राष्ट्रिय समन्वय समिति ( एनसीसी ) को निर्वाचन आउंदै गर्दा हामी सवैको मनमा एउटा छुट्टै उत्साह थियो। मतदाताको मनमा आफ्नो मतले उत्कृष्टतम उमेदवारलाइ विजित गराउने दृढता थियो भने हामी उमेद्वारहरुलाई चाहिं प्रतिस्पर्धीहरु मध्य आफुलाई सर्वश्रेष्ठ प्रमाणित गर्दै सवैको मन जितेर विजयी हुनुपर्छ भन्ने थियो। त्यसै अनुसार अध्यक्ष पदमा उमेद्वारी दिएका मध्य आफुलाई योग्यतम लागेको समाजसेवी गौरी जोशीको नेतृत्वमा गोलवन्द भएर हामि पनि निर्वाचनमा होमिएको थियौं।

संयुक्त रुपमा तयार पारिएका कार्यक्रमहरुलाइ लिएर हामी गौरी जोशी सहित यहाँहरुको विचमा आइरहेकै अवस्थामा कुनै निहित स्वार्थ र षड्यन्त्रको भुमरीमा परेर समाजसेवाको उधाहरण हुनुको अलावा सवै योग्यता समेत पुगेका गौरी जोशीकै नाम उमेद्वारको सुचीमा प्रकाशित नगर्ने अलोकतान्त्रिक , अवैधानिक काम भएको पनि यहाँहरुले थाहानै पाउनु भएकै हो। जब प्रारम्भिक सुचिमा गौरी जोशीको नाम प्रकाशन भएन त्यसको ब्यापक विरोध भयो , एनआरएन आइसीसीका महासचिवले पत्रनै लेखेर गौरीको उमेद्वारी कायम हुने व्यहोराको प्रष्ट पार्नु भयो , आइसीसी अध्यक्षले एनआरएन एनसीसी अमेरिकाको विधान अनुसार चुनाव गर्नु भन्दै गौरी जोशी उमेदवार हुन पाउने संकेतयुक्त शालीन पत्र पठाउनु भयो भने एनआरएनको न्यायिक समितिले त गौरी उमेद्वार हुन नपाउने कुनै कारण नभएको प्रष्टनै पारिदियो।

त्यसमाथि पनि गौरी जोशी को एनआरएन अमेरिकाको पुरानो रुप अर्थात् नेप्लिज अमेरिकन काउन्सिल को कार्यकारी सदस्य भएर काम गरिसकेको व्यक्तीनै थिए , जसले एनआरएन अमेरिको नेतृत्व दावी गर्न नमिल्ने कुनै बैधानिक कारण थिदै थिएन। यी सवैको वावजुद पनि गौरी जोशीको नामलाइ उमेद्वारको अन्तिम सुचिमा पनि राखिएन। हामी यो अवैधानिक , अलोकतान्त्रिक कदमको निन्दा र भर्त्सना गर्दछौं। सभ्य समाजलाइ नसुहाउने यस्तो हेपाहा र निरङ्कुश शैलीको विरुद्धमा एकतावद्ध भएर प्रतिवाद गर्नु हुन समस्त अमेरिकामा रहनु हुने नेपालीहरुलाइ अनुरोध गर्दछौं। कोहि कसैलाई नियोजित रुपमा उमेद्वार बन्न नदिने यो तमासा कमसेकम एनआरएनआइसीसीले यही निर्वाचन विवादको वारेमा छानविन गर्न बनाएको समितिको प्रतिवेदन नाउञ्जेलसम्मको निम्ति भएपनि रोकेर विधि र प्रक्रियाको सम्मान गर्न सम्वद्ध सवैलाइ आग्रह गर्दछौं।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com