जोशीलाई उठ्न दिइएन एनआरएन अमेरिकामा


प्रकाशित मिति : श्रावण १९, २०७४ बिहीबार

एनआरएन अमेरिकाको निर्वाचन आयोगले अध्यक्ष पदका दावेदार गौरी जोशीको उम्मेदवारीलाई मान्यता नदिएर जोशीलाई चुनावमा प्रतिस्पर्धा गर्नबाट वञ्चित गरेको छ । निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवारको अन्तिम सुचीमा जोशीको नाम समावेश गरिएको छैन ।

लामो समयसम्मको रस्साकस्सीपछि जोशीको उम्मेदवारी सदर नगर्ने निर्णयमा निर्वाचन आयोग पुगेको हो । आयोगको यो निर्णयसँगै नेपलिज अमेरिकाज काउन्सिलबाट एनआरएन अमेरिका बनेको इतिहासलाई पनि अस्वीकार गरिएको छ ।

जोशीले नेपलिज अमेरिकाज काउन्सिल न्याकमा एककार्यकाल काम गरेपनि आयोगले यसलाई मान्यता दिएको छैन । एनआरएन अमेरिकाको न्यायिक समितिको निर्णयलाई समेत वेवास्ता गरेर निर्वाचन आयोगले जोशीको उम्मेदवारीलाई मान्यता नदिएको हो । जनसम्पर्क समितिमा विभिन्न पक्षधरहरुको लडाईका कारण एनआरएनमा जोशीको उम्मेदवारीलाई बली दिइएको विश्लेषण गरिएको छ ।

जोशीको उम्मेदवारीले मान्यता नपाएसँगै अब एनआरएन अमेरिकामा अध्यक्ष पदमा केशव पौडेल, कृष्ण पोखरेल, राम सी पोखरेल र रविना थापाको मात्र उम्मेदवारी कायम भएको छ । एनआरएन अमेरिका, अमेरिकाबाट आईसीसीमा प्रतिनिधित्व गर्ने बोर्ड सदस्य र अमेरिकाका अन्य च्याप्टरहरुका लागि अब २ सय १ जनाको उम्मेदवारी कायम भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com