आरआरका प्राध्यापक बिद्यार्थीमाथी यौन दुराचार गरेको आरोपमा पक्राउ


प्रकाशित मिति : श्रावण १९, २०७४ बिहीबार

काठमाडौं, १९ साउन । रत्न राज्य लक्ष्मि क्याम्पस आरआरका प्राध्यापक विष्णुप्रसाद आचार्य बिद्यार्थीलाई यौन दुराचार गरेको आरोपमा पक्राउ परेका छन् ।

एमए तहमा अध्ययनरत छात्रामाथी साउन १२ गते क्याम्पसकै कक्षा कोठामा एक्लै भएको मौका छोपी यौन दुराचार गरेको आरोपमा महानगरीय प्रहरीको अपराध महाशाखाले पक्राउ साउन १८ गते बुधबार क्याम्पसबाटै पक्राउ गरेको हो ।

यौन दुराचारमा परेकि छात्राको उजुरीको आधारमा प्रहरीले प्राध्यापक आचार्यलाई पक्राउ गरेको हो । पक्राउ परेका प्राध्यपक अहिले महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ ।

कसरी भयो यौन दुराचार ?
यौन दुराचारमा परेकी छात्रा बिरामी भएर कक्षामा एक्लै बसेकि थिइन । त्यही मौका छोपी प्राध्यापक आचार्य कक्षामा प्रवेश गरेका थिए । प्राध्यपक आचार्यले ढोका थुनेर विभिन्न प्रलोभन देखाउँदै यौन दुचारको प्रयास गरेका पीडितको पक्षबाट प्रहरीमा परेको उजुरी यस्तो उल्लेख छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उजुरमा उल्लखे भए अनुसार प्राध्यापक आचार्यले कक्षा कोठामा चार बजे पछाडी अन्य कोही साथी नभएको मौका छोपि छात्रालाई ‘तिमि म सँग यौन सम्पर्क राख त्यसको बदलामा तिमिलाई आवश्यक गर्ने सबै नोट उपलब्ध गराउछु, जसका लागि उचित समय मिलाएर खबर गर्नु’ भनेका थिए ।

पीडितको पक्षबाट परेको उजुरी अनुसार प्राध्यापक आचार्यले उत्त छात्रालाई यौन हिंसा जन्य उदेश्यले ‘तिमि कक्षामा अनुपस्थित हुँदा मलाई पढाउन रहर हुँदैन, म जस कारण प्राध्यापकिय प्रवाह दिन सक्दिन, जस कारण दैनिक कक्षामा आउने गर, म तिमिलाई मुटु देखि नै माया गर्छ’ इमेल समेत गरेका थिए ।

प्राध्यापक आचार्यले छात्रालाई लेखेको इमेल

यसरी बारम्बार प्राध्यापक आर्याले यौन दुराचारको प्रयास गरेपछि पीडित र पीडित पक्षका बिद्यार्थीले प्रहरीमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरी पछि प्राध्यापक आचार्य पक्राउ परेका हुन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com