दक्षिण एसियामा आर्द्रताको गम्भिर जोखिम


प्रकाशित मिति : श्रावण १९, २०७४ बिहीबार

वैज्ञानिकहरुले विश्वव्यापी तापमान वृद्धिलाई सम्बोधन नगरिए दक्षिण एसियाका करोडौँ मानिसहरुले यसै शताब्दीको अन्त्यसम्ममा बाँच्नै गाह्रो हुनसक्ने किसिमको तापक्रमको सामना गर्नुपर्ने चेतावनी दिएका छन्।

उत्सर्जन कटौती नभए बाँच्नलाई आवश्यक तापक्रमको सीमा नाघ्नसक्ने अवस्थाको सामाना भारत, पाकिस्तान र बांग्लादेशको ठूलो क्षेत्रले भोग्नुपर्ने वैज्ञानिकहरु बताउँछन्।

उक्त अध्ययन गरेका वैज्ञानिकले उक्त खतरनाक तापलहरको जोखिममा विश्वका झण्डै ३० प्रतिशत मानिस पर्नसक्ने बताएका छन्।

विश्वको कूल जनसंख्याको पाँच भाग मध्ये एक भाग मानिस दक्षिण एसियामा बसोबास गर्छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पसिना

दक्षिण एसिया

गर्मी याममा पसिना निकाल्नु जीवनका लागि महत्वपूर्ण मानिन्छ।

तर ३५ डिग्री सेल्सियस भन्दा बढी आर्द्रता हुने अवस्थामा मानिसको पसिना निकाल्न सक्ने क्षमता टुट्न सक्छ र एकदमै स्वस्थ्य व्यक्तिले समेत करिव ६ घण्टामा ज्यानै गुमाउने अवस्था आउनसक्छ।

बीबीसीका वातावरण संवाददाता म्याट म्याग्रा भन्छन्, “यो अध्ययनले तापमान वृद्धिले यस शताब्दीको अन्त्यसम्ममा आर्द्रतामा पार्नसक्ने प्रभावको विश्लेषण गरेको छ। लेखकहरुले दक्षिण एसियाको ठूलो हिस्साले नियमित रुपमा ३५ डिग्रि सेल्सियसको सीमाभन्दा बढी तापमान वृद्धि खेप्ने जनाएका छन्।”

कटौती

वैज्ञानिकहरुका अनुसार यदि कार्बन उत्सर्जन कटौती भएन भने एक तिहाई मानिसहरुले गर्मी याममा आउने ताप लहरबाट जोखिमको सामना गर्नुपर्नेछ।

साइन्स एडभान्सेज’ नामक जर्नलमा छापिएको उक्त अध्ययनले सिन्धु र गंगा नदीको आसपासका क्षेत्रमा सबैभन्दा उच्च आर्द्रता वृद्धि हुने चेतावनी दिएको छ।

उक्त क्षेत्रमा बसोबास गर्ने अधिकांश मानिसहरु गरिव छन् र उनीहरु कृषि पेशामा आवद्ध छन्।

वैज्ञानिकहरुका अनुसार अहिले पनि उक्त खराब अवस्थालाई रोक्न सकिन्छ तर त्यसका लागि उल्लेख्य रुपमा उत्सर्जनको कटौती गर्नुपर्ने हुन्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com