जापानमा नयाँ विदेश र रक्षामन्त्री


प्रकाशित मिति : श्रावण १९, २०७४ बिहीबार

टोक्यो, १९ साउन । जापानी प्रधानमन्त्री सिन्जो आबेले जापानमा बिहीबार नयाँ विदेशमन्त्री र रक्षामन्त्री नियुक्त गर्नुभएको छ ।
जापानको सरकारमाथि पछिल्लो समयमा विभिन्न विषयमा आलोचना गरिएको छ । ती आलोचनाहरुको खण्डन गरिरहनुभएका उहाँले बिहीबार नयाँ विदेश र रक्षामन्त्री नियुक्त गर्नुभएको राजधानी टोक्योबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
जापानको नयाँ विदेशमन्त्रीमा तारो कोनोलाई नियुक्त गरिएको पनि सोही समाचारमा जनाइएको छ । उहाँ जापानका पूर्व विदेशमन्त्रीको छोरा हुनुहुन्छ ।
त्यसैगरी जापानको नयाँ रक्षामन्त्रीमा इत्सुनोरी ओनोदेरालाई नियुक्त गरिएको छ । उहाँ जापानको पूर्व रक्षा सचिव हुनुहुन्थ्यो ।
जापानको रक्षामन्त्रीबाट तोमोमी इनादाले गत हप्ता राजिनामा दिनुभएको हो । जापानी प्रधानमन्त्री आबेको दलको गठबन्धनका रुपमा रहनुभएको उहाँले राजनीतिक विवादका कारण राजिनामा दिनुभएको बताइएको थियो । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com