पहिरोले मुग्लिनमा फेरि दुई ट्रक पुरियो, १० ठाउँमा ठूल्ठूला पहिरो [फोटो फिचर]


प्रकाशित मिति : श्रावण १९, २०७४ बिहीबार

– विमल खतिवडा

श्रावण १९, २०७४- मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरो खसेर फेरि दुईवटा ट्रक पुरिएका छन् । उक्त सडकखण्डको चेपाङडाँडामा झरेको गएराति पहिरोले दुई ट्रक पुरिएको मुग्लिन-नारायणगढ सडक आयोजनाका इञ्जिनियर शिव खनालले जानकारी दिए । उनका अनुसार चेपाङडाँडालगायत विभिन्न १० ठाउँमा ठूल्ठूला पहिरो खसेको छ । ट्रक चालकहरु भने भागेर बाँच्न सफल भएका छन् ।

पानी परिरहेकोले पहिरो पन्छाउन समस्या भएको उनले बताए । पहिरो हटाउन ४ वटा लोडर र एक जेसिबी स्काभेटर प्रयोग गरिएको छ । आज अपरान्हसम्म पहिरो पन्छाइ सकेर सडक सञ्चालन गर्न काम भइरहेको इञ्जिनियर खनालले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बुधबार राति उक्त सडक खण्डको इच्छाकामना-६ मा पहिरोमा दुईवटा सवारी पुरिएका छन् । ती सवारी अझै निकालिएको छैन ।

काठमाडौंबाट इलाम जाँदै गरेको ना ६ ख ७१२१ नम्बरको यात्रुवाहक बस बा १५ च ९३८१ नम्बरको स्करपियो पहिरोले पुरिएका थिए । पहिरो खसेको देखेपछि चालक र यात्रुहरु भागेका थिए । यात्रुवाहक बसेमा २३ जना यात्रु थिए । घटनास्थल मुग्लिनबाट २ किमीको कालिखोला नजिकै पर्दछ । बुधबार साढे ७ बजेदेखि मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध छ ।

ठाउँ ठाउँमा झरेको पहिरोमा रोकिए सवारीका यात्रुहरु पैदलमार्फत गन्तव्यतर्फ लागेका चितवन ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तले जानकारी दिए ।

बाटो विस्तार सुरु गरेपछि मुग्लिन–नारायणगढ सडक पहिरोको जोखिममा रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सडक अवलोकन गर्दै कामलाई प्रभावकारी बनाउन निर्देशन दिएका थिए ।

तस्बिर सौजन्य: शिव खनाल

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com