ग्यासको मूल्य २५ रुपैयाँ घट्यो


प्रकाशित मिति : श्रावण १८, २०७४ बुधबार

श्रावण १८, २०७४-

आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको छ। निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिसिलिन्डर ग्यासको मूल्य २५ रुपैयाँ घटाएको हो। ‘भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्यसूचीअनुसार ग्यासको मूल्य घटेर आएको छ। मूल्य समायोजन गर्दा २५ रुपैयाँ घटेको हो,’ निगमका बिक्री वितरण विभाग निर्देशक एवं प्रवक्ता सीताराम पोखरेलले भने। ‘नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुन्छ।’

नयाँ मूल्य लागू भएपछि प्रतिसिलिन्डर ग्यासको मूल्य १३ सय २५ रुपैयाँ पर्नेछ। हाल प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। मूल्य समायोजनपछि निगमलाई प्रतिसिलिन्डर ग्यासमा ७४ रुपैयाँ ९० पैसा नाफा छ। पेट्रोल, डिजेल, मटितेल र हवाई इन्धनको मूल्य भने समायोजन गरेको छैन। ‘नयाँ मूल्यसूचीअनुसार डिजेलमा घाटा छ,’ उनले भने, ‘सर्वसाधारणलाई मध्यनजर गर्दै मूल्य यथावत् राखेका हौं।’ डिजेलमा घाटा भए पनि अन्य इन्धनमा नाफा छ। प्रतिलिटर पेट्रोलमा ४ रुपैयाँ ८४ पैसा, मटितेलमा १७ रुपैयाँ १३ पैसा नाफा छ। हवाई आन्तरिकमा ९ रुपैयाँ १६ पैसा र अन्तर्राष्ट्रियतर्फ २० रुपैयाँ २९ पैसा नाफा छ। डिजेलमा प्रतिलिटर १ रुपैयाँ ३८ पैसा नोक्सान रहेको प्रवक्ता पोखरेलले बताए। हाल उपभोक्ताले प्रतिलिटर पेट्रोलको मूल्य ९८ रुपैयाँ, डिजेल ७४, मटितेल ७४ र हवाई इन्धन ८२ रुपैयाँमा खरिद गर्दै आएका छन्। नयाँ मूल्यअनुसार निगमको पाक्षिक नाफा ३८ करोड ७७ लाख रुपैयाँ छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com