नाकाबन्दीविरुद्ध कतारद्वारा डब्लूटीओमा ‘उजुरी’


प्रकाशित मिति : श्रावण १८, २०७४ बुधबार

श्रावण १८, २०७४-

कतारले साउदी अरेबिया, बहराइन र संयुक्त अरब इमिरेट्स (यूएई) द्वारा जारी व्यापार वहिष्कारलाई चुनौती दिँदै विश्व व्यापार संगठन (डब्लूटीओ) मा ‘उजुरी’ हालेको छ। कतारले उजुरीमा साउदी अरेबिया, यूएई र बहराइनले अन्तर्राष्ट्रिय व्यापार कानुन र कन्भेन्सनहरूको उल्लंघन गरेको जनाएको छ।
आधिकारिक ‘उजुरी’ पछि कतार संकटमा डब्लूटीओ पनि पहिलोपटक विवादमा तानिएको समाचार माध्यमहरूले जनाएका छन्। उजुरीसँगै कतारको व्यापार वहिष्कार गर्ने मुलुकहरू कतारसँग वार्तामा बस्नुपर्ने हुन्छ। अगामी ६० दिनभित्र विवाद समाधान नभए डब्लुटीओले एउटा समिति बनाएर अघि बढ्नुपर्ने हुन सक्छ। अन्तर्राष्ट्रिय समाचार संस्था ‘रोयटर्स’ ले कतारद्वारा आधिकारिक उजुरी दर्ता गरेको जनाए पनि डब्लूटीओका अधिकारीले बीबीसीसँग यसबारे अनविज्ञता प्रकट गरेका छन्। कतारस्थित डब्लूटीओ कार्यालयका निर्देशक अली अलवालिद अल थानीले सोमबार रोयटर्ससँग भने, ‘हामीले यो विषयमा कानुनी स्पष्टीकरण सुन्नका लागि पर्याप्त समय दिएका छौं। आफ्नो प्रतिबद्धताको पालना कसरी गरेको छ भन्ने जानकारी प्राप्त गर्ने प्रयासमा छौं।’ उनले सम्बन्धित पक्षलाई वार्ताबाटै समस्याको समाधान गर्न आग्रह समेत गरेको बताए।
यसअघि, आतंकवादलाई समर्थन गरेको भन्दै साउदी अरेबिया, बहराइन र यूएईले खाडीकै
आफ्ना छिमेकीसँग जुन ५ बाट सम्बन्ध विच्छेद गरेका हुन्। यी मुलुकहरूले अल–जजिरा टीभी स्टेसन बन्द गर्न, आतंकवादलाई दिइँदै आएको आर्थिक सहयोग रोक्न र इरानसँगको सम्बन्ध समाप्त गर्नुपर्नेलगायतका १३ वटा माग कतारसँग राखेका थिए। यसैगरी आफूहरूका माग पूरा नगरे कतारमाथि राजनीतिक, आर्थिक र कानुनी प्रतिबन्ध लगाउने जनाइएको थियो। यता सम्बन्ध विच्छेदको घोषणालगत्तै ती मुलुकहरूले कतारी नागरिकलाई १४ दिनभित्र आफ्नो भूमि छाड्न निर्देशन दिएका थिए। त्यस्तै कतारमा बसेका या त्यहाँको यात्रा गर्न आआफ्ना नागरिकलाई प्रतिबन्धसमेत लगाइएको थियो। कतारले भने आफूमाथि लगाइएको आरोपको खण्डन गर्दै नाकाबन्दी हटाउन भनेको थियो। इजिप्टले पनि कतारसँग आफ्नो कूटनीतिक सम्बन्ध विच्छेद गरिसकेको छ। तर, उसले त्यहाँ रहेका आफ्ना १ लाख ८० हजार नागरिकका कारण प्रतिबन्ध भने लगाएको छैन।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com