ट्रम्पका सञ्चार निर्देशक बर्खास्त


प्रकाशित मिति : श्रावण १७, २०७४ मंगलबार

श्रावण १७, २०७४ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सञ्चार निर्देशक एन्थोनी स्कारामुचीलाई पदबाट बर्खास्त गरिएको छ । नियुक्त भएको १० दिन नपुग्दै स्कारामुची बर्खातगीमा परेका हुन् ।

उनले हालै एक सञ्चारमाध्यममा दिएको अन्तरवार्ताप्रति ट्र्म्प असन्तुष्ट रहेको ह्वाईटहाउसलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

योसँगै ह्वाइटहाउसमा कर्मचारी व्यवस्थापनमा समस्या देखिएको बताइएको छ । स्कारामुचीलाई नियुक्त गर्न बाटो खोलेको भन्दै यसअघि ह्वाईटहाउसका प्रबक्ता सिन स्पाइसरले राजिनमामा दिएका थिए । यस्तै, आफ्नो काममा हस्तक्षेप हुन थालेको भन्दै असन्तुष्ट चिफ अफ स्टाफ रिन्स प्रिबसलाई पनि हटाइएको  थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com