मेक्सिकोमा पत्रकारको हत्या


प्रकाशित मिति : श्रावण १७, २०७४ मंगलबार

मेक्सिको सिटी, १७ साउन । मेक्सिकोको उत्तरपश्चिमी राज्य बाजा क्यालिफोर्नियाको रोसारिटो सहरमा रहेको एक रेष्टुरेन्टमा गोली प्रहार गरी
एक मेक्सिकन पत्रकारको हत्या गरिएको छ ।
लुसिआनो सिभेरा नाम गरेका ती पत्रकार मङ्गलबार बिहान सवेरै मारिएका हुन ।
रोसारिटो सहरको मध्य भागमा रहेको एक रेष्टुरेन्टमा सो घटना भएको महान्यायाधिवक्ता कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।
अनुसन्धानको क्रममा उनको हत्यामा संलगन रहेको आशङ्कामा अल्फेडो एन नामक एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
मारिएका ३३ बर्षीया पत्रकार स्थानीय टेलिभिजन च्यानल सिएनआरका सम्पादक र एक नयाँ वेबसाइटका सम्वादाता रहेका थिए ।
प्रत्यक्षदर्शीका अनुसार रिभेरालाई टोउकोमा गोली प्रहार गरिएको प्रहरीले जानकारी दिएको छ ।
अपराधीको खोजीको क्रममा प्रहरीले केही संदिग्ध व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । गत मार्चदेखि यता मेक्सिकोमा मारिएका पत्रकार रिभेरा आठौँ पत्रकार हुन् ।
मेक्सिको संसारमा सबैभन्दा धेरै पत्रकार मारिने देशमा पर्दछ । यहाँ बर्षेनी दर्जनौँ पत्रकारको हत्या हुने गरेको तथ्याङ्क अधिकारवादीहरुले सार्वजनिक गर्ने गरेका छन् । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com