‘कूटनीतिक कर्मचारी घटाऊ’


प्रकाशित मिति : श्रावण १७, २०७४ मंगलबार

श्रावण १७, २०७४-  रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकालाई ७ सय ५५ कूटनीतिक कर्मचारी कटौती गर्न भनेका छन्। अमेरिकी कंग्रेसले गत वर्षको राष्ट्रपतीय चुनावमा हस्तक्षेप गरेको आरोपमा रूसविरुद्ध प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेपछि मस्को क्रुद्ध बनेको हो। साथै पुटिनले अमेरिकी नयाँ कानुनको थप जवाफ दिने बताएका छन्।

अमेरिकाले कूटनीतिक नियोगका कर्मचारीलाई रूस छोड्न बाध्य तुल्याउने पुटिनको निर्णयको प्रभाव मूल्यांकन गरिरहेको बताएको छ। रूसी निर्णयपछि विकसित कूटनीतिक सम्बन्धबारे छलफल भइरहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। रूसस्थित १ हजार २ सय अमेरिकी कर्मचारीलाई आगामी सेप्टेम्बर १ भित्र ४ सय ४५ मा सीमित पार्न अल्टिमेटम दिएको हो।

यो संख्या अमेरिकास्थित रूसी कर्मचारी बराबर हो।  रूसले त्यस्ता आरोप सधैं अस्वीकार गर्दै आएको छ। रूसका सहायक विदेशमन्त्री सेर्गेई र्‍याबकोबले अमेरिकाविरुद्ध अन्य कदम पनि चालिने बताएका छन्। अमेरिकी कर्मचारीलाई रूसबाट बाहिर पठाउने निर्णय शुक्रबार गरिएको थियो।

अमेरिकी नियोगमा कार्यरत रूसी कर्मचारीसमेत कटौतीको मारमा परेका छन्। निर्णयपछि अहिलेसम्मकै ठूलो संख्यामा कूटनीतिक कर्मचारी कटौती हुनेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com