सकुशल भेटिए स्कुलबाटै अपहरणमा परेका बालक


प्रकाशित मिति : श्रावण १६, २०७४ सोमबार

असनको सुरतश्री महाविहार संरक्षण समितिको चोकमा मान्छेको भीड थियो । साँझ साँढे सात बजे टोलभरिका मान्छे भेला भए । भीडमा उल्लास छायो जब साढे ५ वर्षे बालकलाई काखमा लिएर एक पुरूष भित्र छिरे । गत बिहीबार स्कुलबाटै अपरहणमा परेका हार्डवेयर व्यापारी अजय र निर्मला चौधरीका छोरा विशाल चौधरी सकुशल भेटिएको खुशीमा छरछिमेक उनलाई भेट्न पुगेका थिए । युकेजीमा पढै गरेका विशाल बिहीबार सदाझैं १३ र १५ वर्षका दाइ र काका पर्नेसँग स्कुल गएका थिए । 

‘सुरुमा हामीले अर्को बच्चा उठाउनुपर्नेमा तपाईँको छोरा उठाएछौं भने,’ विजयले भने, ‘पछि हामी २ नं. प्रदेशमा चुनाव लड्ने हो तपाईँको सहयोग चाहियो भने ।’ फिरौतिस्वरुप ५० लाख मागे । उनले दिन नसक्ने बताएलगत्तै फोन काटियो । 
असनमा ८ वर्षदेखि भाडा लिएर बस्दै आएका कपिलवस्तुका चौधरी परिवारमा सबै दुखी थिए । ‘घरमा भात खान आनाकानी गथ्र्यो, खाना खायो कि खाएन होला भन्ने चिन्ता लागिरहन्थ्यो । तर विश्वस्त थिएँ उसलाई केही भएको छैन भन्नेमा,’ आमा निर्मलाले भनिन् । उनकी हजुरआमा र हजुरबुवा पनि एक्लो नाती हराएकोमा दुखी थिए । तर सोमबार बिहान ६ बजे काँडाघारी विरेन्द्रचोकबाट बालक भेटिएको भन्दै एक व्यक्तिले फोन गरे र प्रहरीसहित परिवारका सदस्य पुगे ।

स्कुल ड्रेसमा गायब भएका उनी नयाँ कपडामा भेटिए । स्कुल ड्रेस झोलामा थिए । किताब पनि । सोमबार दिनभरि प्रहरीसहित विशाल घुमिरहे । विजयले बालबालिकाहरूलाई स्कुलमा अभिभावकबाहेक कसैको जिम्मा लगाउन नहुने बताउँछन् । बालबालिकाको सुरक्षाको विषयमा विद्यालय र अभिभावक दुवै संवेदनशील हुनुपर्ने उनले बताए । बालबालिकालाई चिनजानका मान्छेसँग मात्र बोल्न सिकाउनुपर्ने, नचिनेका मान्छेसँग मिलनसार नहुन सिकाउने, अरुले दिएको खानेकुरा हतपत नखाने जस्ता व्यवहार सिकाए बालबालिकाको अपहरणका घटना कम हुने प्रहरीको भनाइ छ ।
महानगरीय अपराध महाशाखाका एसपी प्रकाशजंग कार्कीले बालक सकुशल उद्धार गरिए पनि यस विषयमा थप अनुसन्धान भइरहेको र अपराधिको खोजी भइरहेको बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com