‘अराजक’ तरिकाले सवारी साधन चलाउनेलाई छोड्दैनौं : एसएसपी खनाल


प्रकाशित मिति : श्रावण १६, २०७४ सोमबार

श्रावण १६, २०७४- महानगरीय उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी सर्वेन्द्र खनालले   मनपरी ढंगले सडकमा सवारी साधन चलाउने चालकलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

विशेष गरी टिपर व्यवसायीले सडक अनुशासन मिचेर टिपर चलाउने गरेको जनगुनासो बढेको भन्दै उनले नियम कानुन नमान्नेलाई कडा कारबाही गर्ने बताएका हुन् ।

‘प्रत्येक चालकले अनुशासित भएर चलाउनपर्छ,’ यातायात व्यवसायी तथा सरोकारवाला निकायसंगको छलफलमा उनले भने, ‘टिपरका मालिक को हुन ? त्यो सबै मलाई थाहा छ, गुण्डाको लगानी टिपरमा छ, नियम मिचेर उपत्यकाका डाँडा खन्ने, माटो बेच्ने, अराजक तरिकाले गाडी चलाउने ? अब त्यो गुण्डाराज यहाँ चल्नेवाला छैन, पक्राउ गरेर कारबाही गर्छु ।’

ट्राफिक प्रहरीको काम ट्राफिक व्यवस्थापनमात्र नभएर नियम उल्लंघन गर्नेलाई पक्राउ गर्ने अधिकारसमेत भएको उनले बताए । ‘प्रहरीको काम सुरक्षा दिने हो,’ उनले भने, ‘जतिबेला पनि सुरक्षा दिन हामी तयार छौं ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पछिल्लो समय ट्राफिकजाम बढेको भन्ने जनगुनासो प्रति लक्षित गर्दै एसएसपी खनालले सडकमा खाल्डाखुल्टी बढेकाले सडक विभाग र महानगरले खाल्डाखुल्टी चाँडो पुर्नपर्ने बताए । यदी सम्बन्धित निकायले त्यसप्रति चासो नदिएमा ट्राफिक प्रहरीले खाल्डाखुल्टी पुर्नका लागि जनता र सराेकारवालासँग मिलेर काम गर्न अग्रसर हुने समेत उनले बताए ।

‘राजधानी जस्तो ठाउँमा सडकको यो अवस्था छ, सरोकारवाला निकायले केही गर्दैन भने, ट्राफिक प्रहरी टुलटुल हेरेर बस्दैन,’ उनले भने, ‘जनतासंग मागेर, साधनस्रोत जुटाउँछौं, सडक टाल्छौं, खाल्डाखुल्टीको नाममा जनतालाई सास्ती दिन हुन्न ।’ यस्तै उनले ट्राफिक बत्ति तत्काल नबनाउने हाे भने आफ्नै पहलमा सहयोगी खोजेर मर्मतको काम सुरु गर्नेसमेत बताए ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य समेत सम्मिलित कार्यक्रममा उनले भने, ‘महानगरपालिकाले एक्सन प्लान दिए जहाँजहाँ खाल्डो छ, त्यहाँ गएर मर्मत गर्न हामी सघाउँछौं ।’ यातायात क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन सरोकारवाला निकायले ध्यान दिनुपर्ने उनले बताए ।

राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सडकको अवस्था नाजुक भएको भन्दै तत्काल खाल्डाखुल्टी पुर्न उनले सरकारसँग आग्रह गरे । यातायात व्यवसायीबाट करमात्र उठाएर नपुग्ने भन्दै उनले सडकको व्यवस्थापन गर्नुपर्ने बताए ।
‘कर्मचारीतन्त्र कमिशन खानमात्र अग्रसर हुन्छ, आफ्नो जिम्मेवारी पुरा गर्दैन,’ उनले भने, ‘खाल्डाखुल्टी पुर्न पनि प्रधानमन्त्रीज्यूले निर्देशन दिनुपर्ने ?’

काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले वर्षातमा खाल्डााखुल्टी पुर्न नसकिने बताए । ‘हामीलाई खाल्डाखुल्टी कहाँ–कहाँ छन, थाहा छ तर वर्षातमा पुरेर केही फाइदा छैन,’ उनले भने, ‘वर्षातपछि मर्मत गर्छौं ।’ वर्षातमा खाल्डाखुल्टी पुर्नु भनेको पैसाको नास गर्नु भएको भन्दै उनले वर्षातमा महानगर त्यसो गर्न तयार नभएको बताए । दशैंसम्म सबै खाल्डा पुर्ने उनले दाबी गरे ।

मध्यमाञ्चल सडकका क्षेत्रिय निर्देशक शिवहरि सापकोटाले खाल्डाखुल्टी पुर्ने काम भइरहेको दाबी गरे । ‘रातदिन गरेर खाल्डा पुर्नेकाम भएको छ,’ उनले भने, ‘बाँकी स्थानमा पनि पुर्नेकाम भइरहेको छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com