शरीर तातो हुने, टाउको दुख्ने, पेटमा अप्ठ्यारो महसुस र झमझम किन हुन्छ ?


प्रकाशित मिति : श्रावण १६, २०७४ सोमबार

यो यस्तो रोग हो जसमा बिरामीहरूले विभिन्न रोगको लक्षण अनुभव गर्छन् । बिरामीहरू वर्षौंसम्म अनौठो लक्षणले ग्रसित हुन्छन् । रोग निको नहुँदा बिरामीहरू डाक्टरकहाँ जान्छन् र एक्सरे, इन्डोस्कोपी आदि गराउँछन् । कतिपय बिरामी क्यान्सर भएको शंका गर्छन् भने कतिपय बिरामी एड्स भयो भनेर चिन्तित हुन्छन् । यस्ता बिरामीहरू डाक्टरकहाँ जान्छन् तर समस्या भने मनोवैज्ञानिक हुन्छ । कसै–कसैमा वंशानुगत रूपमा यो रोग पाइन्छ । कतिपय टाउको दुख्ने, पेट दुख्ने, हात–खुट्टा नीलो भएको, सुन्निएको महसुस गर्छन् तर वास्तविक रूपमा त्यस्तो भएको पाइँदैन । कोही नाक, मुख आदिमा गडबडी भएको वा बिग्रिएको महसुस गर्छन् भने कोही आन्द्रा कुहिएको शंका गरी चिकित्सककहाँ पुग्छन् ।

लक्षण
शरीरका विभिन्न अंगमा रोगका लक्षण देखिए पनि परीक्षण गर्दा कुनै रोग देखिँदैन । यस्ता रोगका लक्षण अनौठा हुन्छन्, देब्रे खुट्टामा हानेको सिर्का दाहिने हातसम्म पुग्छ । शरीरभरि तातो महसुस हुन्छ । गुप्ताङ्गमा गडबडी भएको त तातो अनुभव भएको, झमझम गर्ने र शारीरिक सम्पर्क कम भएको महसुस हुन्छ । बिरामीहरू यस्ता लक्षण देखिएपछि चिकित्सककहाँ जान्छन् । कोही एड्स भएको र कोही क्यान्सर भएको शंका गर्छन् । अपच भएको महसुस गर्छन् ।  पेट पोलेको वा पेटमा अप्ठ्यारो महसुस गर्छन् । टाउको दुख्छ । मुटुको ढुकढुकी बढ्छ । ढाड दुख्छ । पखाला लागेको वा कब्जियत भएको अनुभव बारम्बार गर्छन् । कसै–कसैले शरीरका अंग बिग्रिएको महसुस गर्छन् । पेटमा हावा भरिएको अनुभूति हुन्छ । मुटु ढुकढुक गर्छ । छिटो–छिटो सास फेर्छन् ।

यो रोग कसरी छुट्याउने ?
यो रोगको लक्षण एकपटक मात्र देखिँदैन । यो बारम्बार दोहोरिन्छ र बिरामी उपचारबाट सन्तोष मान्दैनन् । रगत परीक्षण एवं एक्सरे गराउँदा पनि रोग पत्ता लाग्दैन ।

कुन उमेरमा यो रोग बढी पाइन्छ ?
यो रोग प्राय: ३५ वर्षअघि नै सुरु हुन्छ र वर्षौंसम्म रहन सक्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

किन यस्तो रोग देखा पर्छ ?
यो रोगका धेरै कारण छन् । यद्यपि मनोवैज्ञानिक समस्या नै यसको प्रमुख कारण हो । दिनहुँ हुने नराम्रा घटनाहरू, चिन्ता, रोगका सम्बन्धमा थोरै जानकारी आदिले गर्दा हाम्रो बेहोसी मस्तिष्कमा यस्ता नकारात्मक कुरा सञ्चित भएर बसेका हुन्छन् जसले गर्दा यस्ता लक्षण आएको विश्वास गरिन्छ । त्यसबाहेक हाम्रो मस्तिष्कको नसामा न्युरोट्रान्समिटर भन्ने वस्तुमा गडबडी हुन्छ जसलाई सिटी स्क्यान एवं एम. आर. आई.जस्ता आधुनिक परीक्षणले पनि देखाउन सक्दैनन् ।

यो रोग निको हुन्छ ?
राम्रोसँग उपचार गरे यो रोग निको हुन्छ ।

उपचार कसरी गरिन्छ ?
बिरामीलाई सर्पोटिभ साइकोथेरापी दिइन्छ । बिरामीलाई समस्या अवगत गराइन्छ र बेहोसी मस्तिष्कमा रहेको ट्रेसलाई निराकरण गरिन्छ । विभिन्न किसिमका औषधि प्रयोग गरिन्छ ।

मानसिक रूपमा कसरी स्वस्थ रहने ?
अनावश्यक कुरामा बारम्बार एकोहोरो गहिरो सोच नलिने । अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुसी हुने । पुराना कुरामा विश्वास नगर्ने । हरेक काममा खुसी, सन्तुष्ट र सुखी हुन सिक्ने । जे छ त्यसमा सन्तुष्ट हुने तर परिश्रम गर्न नछाड्ने । लागूपदार्थ एवं रक्सी सेवन गर्दा मानसिक रोग लाग्ने सम्भावना धेरै हुने भएकाले ती वस्तुबाट टाढै रहने। दैनिक जीवनमा स्वस्थ प्रतिस्पर्धा गर्ने । समाज वा घरपरिवारबाट नकारात्मक वातावरण अन्त्य गर्ने । अति नैतिकवान् नबन्ने र अरूबाट पनि त्यस्तो आशा नगर्ने ।
आफ्ना समस्या आफ्नो परिवार तथा साथीभाइहरूलाई भन्ने बानी बसाल्ने जसबाट मनको चिन्ता कम हुन्छ । मनलाई सधै शान्त राख्ने । अति सानादेखि ठूला मानसिक समस्या हुन्छन् जसमा यस्तो समस्या छ उसले आवश्यक सरसल्लाह लिनुपर्छ ।

बिरामीले जान्नैपर्ने कुरा 
शरीरका विभिन्न अंगको समस्या एकैपटक आउने हुनाले यो नसाको समस्या हो भन्ने बुझ्नुपर्छ । बिरामी उपचारका लागि सम्बन्धित ठाउँमा जानुपर्छ ।  रोगका बारेमा अनावश्यक शंका गर्नुहुँदैन । खानामा खासै बार्नु पर्दैन, सामान्य मानिसले खाने खाना खानुपर्छ । सम्बन्धित विशेषज्ञको रायअनुसार औषधि सेवन गर्नुपर्छ । यस्ता बिरामीले औषधि सेवन गरेको एक हप्तापछि मात्र समस्या समाधान भएको महसुस गर्छन् । कतिपय बिरामी घरायसी, जागिर, अध्ययन आदि समस्याबाट पीडित हुन्छन् । यस्ता बिरामी यी समस्याबाट निकै चिन्तित हुन्छन् तर त्यसरी आत्तिनु पर्दैन । कतिपय बिरामी शरीर पोल्ने हुनाले नुहाउँछन् । पाठेघरको शल्यक्रियापछि धेरै महिलामा यस्तो समस्या देखा पर्नसक्छ ।
यो रोगका बारेमा राम्रो जानकारी नहुँदा बिरामी धेरै उपचार केन्द्रमा पुग्छन् तर रोग निको हुँदैन । बिरामीहरूले नशा पोल्यो, नशा दुख्यो, क्यान्सर भयो र एड्स लाग्यो आदि भन्ने गरेको पाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com