रुसमाथि प्रतिबन्ध लगाउने विधेयकमा ट्रम्पले हस्ताक्षर गर्ने


प्रकाशित मिति : श्रावण १५, २०७४ आईतबार

राष्ट्रपति डोनल्ड ट्रम्पले रुसमाथि प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गर्ने उनको कार्यालय ह्वाइट हाउसले जनाएको छ। अमेरिकी तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्स र माथिल्लो सदन सिनेटले बहुमतले त्यो विधेयकलाई पारित गरिसकेका छन्, जसमा इरान र उत्तर कोरियाविरुद्ध चालिने कदम पनि समेटिएका छन्। तर अहिलेसम्म राष्ट्रपति ट्रम्पले त्यसलाई अनुमोदन गर्छन् वा त्यसविरुद्ध विशेषाधिकार प्रयोग गर्छन् भन्नेबारे उनी स्वयंले केही बताएका छैनन्।

आफूविरुद्ध प्रतिबन्ध ल्याउने विधेयकलाई लिएर रुसले प्रतिक्रिया जनाइसकेको छ। उसले अमेरिकी कूटनीतिज्ञहरुको संख्यामा कटौती गर्न भनिसकेको छ।
मस्को नजिकै रहेको अमेरिकी कूटनीतिज्ञहरुले छुट्टी बिताउने ठाउँ पनि बन्द गर्न रुसले अमेरिकालाई भनेको छ। रुसले कटौती गर्न भनेको कूटनीतिज्ञहरुको संख्याबारे चाहिँ स्पष्ट भइसकेको छैन। तर रुसस्थित स्रोतहरुका अनुसार रुसी कदमका कारण ‘सयौं संख्यामा’ कूटनीतिज्ञहरु प्रभावित हुने बताएका छन्।

गत वर्षको अमेरिकाको राष्ट्रपतीय चुनावमा रुसले गरेको भनिएको राजनीतिक हस्तक्षेप र युक्रेनबाट क्राइमियालाई अलग पार्न उसले निर्वाह गरेको भूमिकाका लागि दण्डित गर्न प्रतिबन्धसम्बन्धी विधेयक ल्याइएको बताइएको छ। उत्तर कोरिया र इरानलाई पनि क्षेप्यास्त्र परीक्षण गरेकोमा दण्डित गर्न लागिएको छ।
रुसले राष्ट्रपतीय चुनावमा हस्तक्षेप गरेको आरोप अस्वीकार गर्दै आएको छ। रुससँग ट्रम्पको नजिकको सम्बन्ध रहिआएको पृष्ठभूमिमा उनले विशेषाधिकार प्रयोग गरी प्रतिबन्धसम्बन्धी विधेयकलाई रोक्न खोजे उनी क्रेम्लिनको सहयोगी रहेको आशंकालाई थप बलियो पार्ने विश्लेषकहरु बताउँछन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com