कोरियामा विदेशी कामदारले परिवर्तन गर्न पाउने इ सेभेन फोर भिसा अगष्टबाट लागु हुने


प्रकाशित मिति : श्रावण १४, २०७४ शनिबार

– मञ्जु गुरुङ

श्रावण १४, २०७४- दक्षिण कोरियामा कार्यरत  विदेशी कामदारहरुले दक्षता पूर्ण कामदारको रुपमा आफूले चाहेसम्म कोरियामा परिवार सहित बस्न पाउने  इ सेभेन फोर भिसा परिवर्तन गर्न पाउने भएका छन् ।

यही जुलाई १७ तारिख सार्वजनिक गरिएको इ सेभेन फोर भिसा इपिएसबाट काम गर्न आएका सम्पूर्ण  इ नाइन तथा इ टेन र एच टु भिसा भएकाहरुले परिवर्तन गर्न पाउने छन् । यो आगामी अगष्ट महिनाबाट लागु  गरिने छ । यो वर्षको अन्तसम्ममा ३ सय जनाले यो भिसा लिन पाउने कोरियन अध्यगमन कार्यलयले जनाइएको छ ।

कोरियामा लगातार चारदेखि ६ वर्षसभन्दा बढी काम गरेकाले यो भिसा अप्लाई गर्न सक्ने छन् । उत्पादनमूलक , उद्योग , कृषी, मत्यपालन र आवास निमार्ण क्षेत्रमा काम गर्ने सबै विदेशी कामदारले यो भिसा लिन सक्ने छन् । तर उत्पादनमूक कम्पनीमा काम गरेका भए १० जना भन्दा बढी र उद्योगमा पाँच जनाभन्दा बढी कोरियन कामदार हुनु पर्ने छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो भिसा लिनको लागि धन, उमेर र शिक्षाको कुनै सीमा छैन । यो भिसा लिएपछि हरेक दुई वर्षमा रिन्यु गर्नु पर्ने छ भने, एफ टु सेभेन, एफ टु नाइनटी नाइन , एफ फाइभ र एफ सिक्स भिसा परिवर्तन गर्न पाउने छन् ।

यो भिसा पाउनलाई विषेश गरी सीप, शिक्षा, उमेर, कोरियन भाषा क्षमता , सम्पत्ती र कामको अनुवभ विषयबाट अंक मुल्यांकन गरिने छ । त्यस्तै कोरियन शिक्षा अध्ययन, स्वयंमसेवा, सरकारबाट प्राप्त प्रसंशापत्र, सरकारी कार्यलयमा कम्तिमा दुई वर्ष काम गरेको अनुभव,  बैंक बचत ३० लाख वन र ५० लाखको सम्पत्ति र वार्षिक १ लाख वन भन्दा बढी कर तिरेको लगायत विषयबाट पनि थप अंक लिन सकिने छ ।

विषयगत अनुसार भिन्न भिन्न अंक तोकिएको छ । पूर्ण अंक १ सय ८० भएपनि  औसत रुपमा वार्षिक तलब २ करोड ६० लाख वन भन्दा माथि भए ५० आंक ल्याए पुग्ने छ । तर तलब सो भन्दा कम भए ७० अंक ल्याउनु पर्ने हुन्छ ।

विषयगत निम्न अनुसरा अंक प्राप्त गर्न सकिने छ

औषत वार्षिक कमाई ३ करोड ३० लाख वन भए २० अंक
३ करोड वन भए  १५ अंक
२ करोड ६० लाख वन भए १० अंक पाइनेछ ।

शिक्षा तर्फ
स्नातक  २०, प्रमापत्रतह १० र सो भन्दा मुनी ५ अंक पाइने ।

उमेर तर्फ
३९ वर्ष २, ३४ वर्ष ५, २९ वर्ष १० र २४ वर्षको २० अंक पाइने ।

कोरियन भाषा क्षमता
४ लेभल २०, ३ लेभल १५, २ लेभल १० र १ लेभलको ५ आंक

कामको अनुभव

उद्योगमा ६ वार्षभन्दा बढी काम गरेको २० , ४ वर्ष काम गरेको १० अंक
उत्पादनमूलक क्षेत्रमा ६ वार्षभन्दा बढी काम गरेको १०, ४ वर्षको ५ अंक

सम्पत्ती  (दुई वर्ष बचत गरिएको हुनु पर्ने )

बचत १ करोड वन भए १५ , ६० लाख भए १० र ३० लाख वन भए ५ अंक
सम्पत्ति करोड भन्दा माथि भए २०, ८० लाख भए १५ र ५० लाख भए १० अंक

कोरियन शिक्षा

विश्व विद्यालय तह भए १५, कलेज तह भए १० , एक वर्षभन्दा बढी इन्स्टीच्यूटमा अध्ययन गरेका भए १०, एक वर्षभन्दा कम भए ५ अंक प्राप्त गर्न सकिने छ ।

अन्य थप अंकहरु
कोरियामा स्नाकोत्तर र विद्यावारीधि गरेको भए १०, व्याचलोर भए ५ अंक
सरकारबाट कामको अनुवभ प्राप्त पत्र भए १० , सरकारी सिफारीसपत्र भए १० ,
स्वयंसेवी प्रमाणपत्र भए ३ , प्रशंसापत्र भए ५ र कर बुझाएको १ देखि ५ अंकसम्म प्राप्त गर्न सकिने छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com