कोरियामा विदेशी कामदारले परिवर्तन गर्न पाउने इ सेभेन फोर भिसा अगष्टबाट लागु हुने
प्रकाशित मिति : श्रावण १४, २०७४ शनिबार

–

श्रावण १४, २०७४- दक्षिण कोरियामा कार्यरत विदेशी कामदारहरुले दक्षता पूर्ण कामदारको रुपमा आफूले चाहेसम्म कोरियामा परिवार सहित बस्न पाउने इ सेभेन फोर भिसा परिवर्तन गर्न पाउने भएका छन् ।
यही जुलाई १७ तारिख सार्वजनिक गरिएको इ सेभेन फोर भिसा इपिएसबाट काम गर्न आएका सम्पूर्ण इ नाइन तथा इ टेन र एच टु भिसा भएकाहरुले परिवर्तन गर्न पाउने छन् । यो आगामी अगष्ट महिनाबाट लागु गरिने छ । यो वर्षको अन्तसम्ममा ३ सय जनाले यो भिसा लिन पाउने कोरियन अध्यगमन कार्यलयले जनाइएको छ ।
कोरियामा लगातार चारदेखि ६ वर्षसभन्दा बढी काम गरेकाले यो भिसा अप्लाई गर्न सक्ने छन् । उत्पादनमूलक , उद्योग , कृषी, मत्यपालन र आवास निमार्ण क्षेत्रमा काम गर्ने सबै विदेशी कामदारले यो भिसा लिन सक्ने छन् । तर उत्पादनमूक कम्पनीमा काम गरेका भए १० जना भन्दा बढी र उद्योगमा पाँच जनाभन्दा बढी कोरियन कामदार हुनु पर्ने छ ।
यो भिसा लिनको लागि धन, उमेर र शिक्षाको कुनै सीमा छैन । यो भिसा लिएपछि हरेक दुई वर्षमा रिन्यु गर्नु पर्ने छ भने, एफ टु सेभेन, एफ टु नाइनटी नाइन , एफ फाइभ र एफ सिक्स भिसा परिवर्तन गर्न पाउने छन् ।
यो भिसा पाउनलाई विषेश गरी सीप, शिक्षा, उमेर, कोरियन भाषा क्षमता , सम्पत्ती र कामको अनुवभ विषयबाट अंक मुल्यांकन गरिने छ । त्यस्तै कोरियन शिक्षा अध्ययन, स्वयंमसेवा, सरकारबाट प्राप्त प्रसंशापत्र, सरकारी कार्यलयमा कम्तिमा दुई वर्ष काम गरेको अनुभव, बैंक बचत ३० लाख वन र ५० लाखको सम्पत्ति र वार्षिक १ लाख वन भन्दा बढी कर तिरेको लगायत विषयबाट पनि थप अंक लिन सकिने छ ।
विषयगत अनुसार भिन्न भिन्न अंक तोकिएको छ । पूर्ण अंक १ सय ८० भएपनि औसत रुपमा वार्षिक तलब २ करोड ६० लाख वन भन्दा माथि भए ५० आंक ल्याए पुग्ने छ । तर तलब सो भन्दा कम भए ७० अंक ल्याउनु पर्ने हुन्छ ।
विषयगत निम्न अनुसरा अंक प्राप्त गर्न सकिने छ
औषत वार्षिक कमाई ३ करोड ३० लाख वन भए २० अंक
३ करोड वन भए १५ अंक
२ करोड ६० लाख वन भए १० अंक पाइनेछ ।
शिक्षा तर्फ
स्नातक २०, प्रमापत्रतह १० र सो भन्दा मुनी ५ अंक पाइने ।
उमेर तर्फ
३९ वर्ष २, ३४ वर्ष ५, २९ वर्ष १० र २४ वर्षको २० अंक पाइने ।
कोरियन भाषा क्षमता
४ लेभल २०, ३ लेभल १५, २ लेभल १० र १ लेभलको ५ आंक
कामको अनुभव
उद्योगमा ६ वार्षभन्दा बढी काम गरेको २० , ४ वर्ष काम गरेको १० अंक
उत्पादनमूलक क्षेत्रमा ६ वार्षभन्दा बढी काम गरेको १०, ४ वर्षको ५ अंक
सम्पत्ती (दुई वर्ष बचत गरिएको हुनु पर्ने )
बचत १ करोड वन भए १५ , ६० लाख भए १० र ३० लाख वन भए ५ अंक
सम्पत्ति करोड भन्दा माथि भए २०, ८० लाख भए १५ र ५० लाख भए १० अंक
कोरियन शिक्षा
विश्व विद्यालय तह भए १५, कलेज तह भए १० , एक वर्षभन्दा बढी इन्स्टीच्यूटमा अध्ययन गरेका भए १०, एक वर्षभन्दा कम भए ५ अंक प्राप्त गर्न सकिने छ ।
अन्य थप अंकहरु
कोरियामा स्नाकोत्तर र विद्यावारीधि गरेको भए १०, व्याचलोर भए ५ अंक
सरकारबाट कामको अनुवभ प्राप्त पत्र भए १० , सरकारी सिफारीसपत्र भए १० ,
स्वयंसेवी प्रमाणपत्र भए ३ , प्रशंसापत्र भए ५ र कर बुझाएको १ देखि ५ अंकसम्म प्राप्त गर्न सकिने छ ।