गोर्खाल्यान्डमा निस्किएको खुकुरी जुलुसमा सुरक्षाकर्मीको हस्तक्षेप
प्रकाशित मिति : श्रावण १४, २०७४ शनिबार
Indian supporters of the Gorkha Janmukti Morcha (GJM) shout slogans at a protest during a general strike called by the GJM in Darjeeling on June 13, 2017. Thousands of tourists fled the Indian hill resort of Darjeeling on June 12 after local activists demanding the creation of a new Indian state warned that a general strike could degenerate into violence. Hundreds of troops and riot police patrolled the streets of the famed tea-producing resort in eastern India as panicked tourists packed their bags. / AFP PHOTO / DIPTENDU DUTTA
–
श्रावण १४, २०७४- गोर्खाल्यान्डको मागसहित शनिबार बिहान निकालिएको खुकुरी जुलुसमा सुरक्षाकर्मीले हस्तक्षेप गर्दा दर्जन बढी आन्दोलनकारी गम्भीर घाइते भएका छन् । तीनधारे, गाडीधुरालगायतका क्षेत्रबाट आएको खुकुरी जुलुसलाई सुरक्षाकर्मीले दार्जिलिङको प्रवेशद्धार सुकुनामा हस्तक्षेप गरेको थियो ।
आन्दोलनकारीले व्यारिकेट तोडेर अघि बढ्ने क्रममा प्रहरीले गोली चलाएको थियो । सुरक्षाकर्मीको गोलीले अजय क्षेत्रीलगायत केही आन्दोलनकारी गम्भीर घाइते भएका छन् । क्षेत्रीको अवस्था चिन्ताजनक रहेको गोर्खा जनमुक्ति मोर्चाका उपाध्यक्ष विशाल क्षेत्रीले जनाएका छन् ।






