‘अब मुलुकमा आर्थिक क्रान्ति गर्नुपर्छ’ : अर्थमन्त्री कार्र्की


प्रकाशित मिति : श्रावण १४, २०७४ शनिबार

काठमाडौँ, १४ साउन । धावन क्षेत्रमार्फत भोजपुरलाई विश्वमा चिनाउने ‘अल्ट्रा’ धाबिका सुश्री मीरा राईलाई आज यहाँ सम्मान गरियो ।

उनी धावन क्षेत्रमा ‘एड्भेञ्चर अफ दि इयर’ जित्न सफल भएकी थिइन् ।

भोजपुरे सेवा समाजले आयोजना गरेको कार्यक्रममा उहाँलाई अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्मान गर्नुभएको हो ।

कार्यक्रममा अर्थमन्त्री कार्की, पूर्वअर्थमन्त्री शङ्कर कोइराला र सोलुखुम्बुका समाजसेवी गोमा शेर्पालाई पनि सम्मान गरिएको थियो ।

सो अवसरमा अर्थमन्त्री कार्कीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणभएपछि २००७ सालदेखिको नेपाली जनताको सपना पूरा भएको उल्लेख गर्दै अब मुलुकमा राजनीतिक आन्दोलन समाप्त भई आर्थिक क्रान्ति गर्नुपर्ने बेला आएको छ भन्नुभयो ।

नेपाली काँग्रेस नेतृत्वको वर्तमान सरकारले देशमा राजनीतिक स्थायित्वको विकास गर्दै नेपाललाई समृद्ध राष्ट्र निर्माण गर्नका लागि मुलुकको अर्थतन्त्रलाई उकास्न आफू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

अर्थमन्त्री कार्कीले नेपालको निर्यात घटेको र आयात बढिरहेकोमा चिन्ता व्यक्त गर्दै देशमा आयात न्यूनीकरण गर्ने चुनौति रहेको धारणा व्यक्त गर्नुभयो ।

जलस्रोत, कृषि र पर्यटनको माध्यमबाट देशलाई सम्पन्न गर्ने बताउँदै उहाँले भोजपुरबाट तराई जोड्ने सडकको सुदृढिकरण र आवश्यक पुल निर्माण गर्नेतर्फ सरकारले ध्यान दिने छ भन्नुभयो ।

अर्थमन्त्री कार्कीले जापान सरकारले नेपाललाई विभिन्न क्षेत्रमा गर्दैआएको सहयोगको सरहाना पनि गर्नुभयो ।

पूर्वअर्थमन्त्री शङ्कर कोइरालाले मुलुकको दिगोे आर्थिक विकासका लागि सरकारले गम्भीर भएर कार्य गर्नुपर्ने आवश्यकता आंैल्याउनुभयो ।

नेपालका लागि जापानी राजदूत मासासी ओगावा, सांसद जयन्ती राई, तारादेवी राई तथा मोहनकुमार राईको पनि कार्यक्रममा सहभागिता थियो ।

कार्यक्रममा मन्त्री कार्कीले भोजपुर समाजको वेवसाइट www.bhojapur. com.org सेवाको पनि शुभारम्भ गर्नुभयो ।

समाजका अध्यक्ष पासाङग दोर्जे शेर्पाेको सभापतित्व कार्यक्रम सम्पन्न भयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com