होटल व्यवस्थापन शिक्षामा सुधार आवश्यक


प्रकाशित मिति : श्रावण १३, २०७४ शुक्रबार

काठमाडौँ, १३ साउन । नेपालले अन्तर्राष्ट्रिय पर्यटन बजारमा सफलता हासिल गर्ने हो भने यहाँको होटल व्यवस्थापन शिक्षालाई सोही अनुसार स्तरोन्नति गरिनुपर्ने यस क्षेत्रका सम्बद्ध शिक्षा सेवा प्रदायकले बताएका छन् ।

घोकन्ते शिक्षा पद्दतिबाट नेपालको होटल व्यवस्थापन शिक्षाको स्तरमा सुधार हुन सक्दैन । यसलाई बढी जीवन उपयोगी, व्यवहारिक तथा प्रयोगात्मक बनाउनेतर्फ ध्यान जानुपर्ने होटल व्यवस्थापन शिक्षाविद् तथा गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईं बताउनुहुन्छ ।

दक्षिण एसियामै पहिलो पटक स्वीस मापदण्डको विश्वस्तरीय होटल व्यवस्थापन शिक्षा प्रदान गर्दैआएको ग्लोबल एकडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)मा होटल व्यवस्थापन शिक्षामा हाल अपनाउँदै आएको तीन वर्षको पाठ्यक्रमलाई चार वर्षको बनाउने विषयमा गृहकार्य भइरहेको उहाँले बताउनुभयो ।

“पठनपाठन बढीभन्दा बढी प्रयोगात्मक बनाइनुपर्छ,” उहाँले भन्नुभयो । गेट कलेजमा हाल मुलुकका ७५ वटै जिल्लाका साथै अफगानिस्तान, डेनमार्क, बंगलादेश, श्रीलंकासहित करिब १७ देशका विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।

कार्यक्रममा गेट कलेजका शैक्षिक विभाग प्रमुख सचिन श्रेष्ठले सो कलेजबाट हालसम्म करिब ६ सय विद्यार्थीले एसएसए– हायर डिप्लोमा (बीएचएम) तहको अध्ययन पूरा गरिसकेका र हाल चार सय विद्यार्थी अध्ययनरत रहेका जानकारी दिनुभयो । स्थापनाको दशौंँ वर्ष पूरा गरेको गेट कलेज स्वीजरल्याण्डको स्वीस होटल एसोसियन होटलरी स्वीसको सम्बन्धनमा सञ्चालित कलेज हो । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com