Follow @khasokhasmag

पाकिस्तानी प्रधानमन्त्री शरिफ आयोग्य घोषित


प्रकाशित मिति : श्रावण १३, २०७४ शुक्रबार

श्रावण १३, २०७४- पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफलाई सर्वोच्च अदालतले शुक्रबार आयोग्य घोषित गरेको छ । उनलाई सार्वजनिक पद बहन गर्न असक्षम घोषणा गरिएको छ ।

अदालतको यो आदेश सन् २०१५ मा खोज पत्रकारहरुको समुहले सार्वजनिक गरेको पानामा पेपर्समा उल्लेख भएअनुसार सरिफका परिवारका सदस्यको अफसोर कम्पनीमा भएको सम्पतिबारे गरिएको अनुसन्धान पछि आएको हो । उनले त्यस आरोपको निरन्तर रुपमा अस्वीकार गर्दै आएको थियो ।

बीबीसीका अनुसार उक्त आदेश सर्वोच्च अदालतको पाँच जना न्यायाधीशहरुको बेत्र्चले सर्वसम्मत रुपमा गरेको हो ।

शुक्रबार उक्त आदेशका बेला अदालत भरिभराउ थियो भने राजधानी सहरमा दशौं हजार सुरक्षा फौज तैनाथी गरिएको थियो । रोयटर्सका अनुसार एक जना न्यायाधीश इजव अफजल खानले भने, ‘नवाज सरिफ संसदको इमान्दार सदस्यको रुपमा रहेनन् ।’

यस भ्रष्टाचार काण्डमा सरिफकी छोरी मर्यम, ज्वाई सफ्दर, अर्थमन्त्री इक्कदर र अरु पनि व्यक्तिहरु मुछिएका छन् ।

बीबीसीले पाकिस्तानमा कुनै पनि निर्वाचित प्रधानमन्त्रीले आफ्नो कार्यकाल पुरा नगरेको र सरिफ पनि कार्यकाल पुरा गर्न एक बर्षभन्दा कम समय बाँकी हुँदा बर्खास्तगीमा परेको जनाएको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com