स्याङ्जामा स्वाइन फ्लूबाट १ को मृत्यु, सचेत रहन आग्रह


प्रकाशित मिति : श्रावण १३, २०७४ शुक्रबार

श्रावण १३, २०७४- स्वाइन फ्लूका कारण स्याङ्जाको वालिङका एकजनाको मृत्यु भएको पुष्टि भएको छ । उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल काठमाडौँमा गत सोमबार स्याङ्जाको वालिङ–१४ का ४९ वर्षीय खुमप्रकाश अर्यालको मृत्यु भएको हो । ‘अर्यालको मृत्यु स्वाइन फ्लूका कारण भएको पुष्टि सरुवा रोग नियन्त्रण महाशाखाबाट हामीलाई प्राप्त भएको छ’, वालिङ प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन तथा सञ्चालक समितिका संयोजक दिलीपप्रताप खाँणले भने, ‘वालिङ तथा आसपासका क्षेत्रमा स्वाइन फ्लूको प्रकोप हुन सक्ने भएकाले सचेत भएर रहन स्थानीयवासीलाई आग्रह गरेका छौँ ।’

अर्यालको मृत्युसँगै अहिले वालिङ तथा आसपासका क्षेत्रमा स्वाइन फ्लूका कारण स्थानीयवासी त्रसित छन् । स्वाइन फ्लूको नमूना परीक्षणका लागि काठमाडौँबाट शुक्रबार एक टोली वालिङ आउँदैछ भने आवश्यक औषधि बिहीबार नै आइसकेको छ । ‘असार २६ गते बिहान ८ बजे मृतक अर्याल अत्यधिक टाउको दुख्यो भनेर यहाँ आउनुभएको थियो’, स्वास्थ्य केन्द्रका चिकित्सक प्रवीण घिमिरेले भने, ‘हाल वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक एकसय जना बिरामीमा ६० देखि ७० जना टाउको दुख्ने र ज्वरोसम्बन्धी समस्या भएका आउने गरेका छन् ।’

स्वास्थ्य केन्द्रले सामान्य औषधि दिएर पोखरा, पोखराबाट ग्राण्डी अस्पताल काठमाडौँमा करिब एक हप्ता उपचार गरेपछि पुनः त्रिवि शिक्षण अस्पताल लगेको दुई दिनपछि मृत्यु भएको थियो । ‘वालिङ तथा आसपासका क्षेत्रबाट पोखरा तथा काठमाडौँमा सात–आठजना बिरामीलाई रिफर गरिसकिएको अवस्था छ’, अध्यक्ष खाँणले भने, ‘जो कोहीलाई पनि लामो समयसम्म रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ, घाँटीसम्बन्धी समस्या भएमा शुक्रबार प्राथमिक स्वास्थ्य केन्द्रमा आउन पनि आग्रह गर्दछु ।’

स्वाइन फ्लू बंगुरबाट मानिसमा सर्ने भएकाले घर नजिकै बंगुरहरु नपाल्न पनि आग्रह गरिएको छ । स्वाइन फ्लूबाट बच्न हात नमिलाउने, अंकमाल नगर्ने, मास्कको प्रयोग गर्ने, भीडभाडमा नजान तथा सङ्क्रमित वस्तुको सम्पर्कमा नरहन चिकित्सक घिमिरेले सुझाव दिए । पछिल्लो समयमा वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढेको स्वास्थ्य केन्द्रले जनाएको छ । रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com