साउदीमा नेपालीको मृत्यु
प्रकाशित मिति : श्रावण १२, २०७४ बिहीबार
श्रावण १२, २०७४- वैदेशिक रोजगारीका क्रममा साउदी पुगेका विदुर नगरपालिका–१० गेर्खुका शम्भु पाण्डेको शव समुद्री किनारमा फेला परेको छ।
स्वदेश फर्किने क्रममा रहेका ३५ वर्षीय पाण्डे प्लेन टिकटको पर्खाइमा थिए। उनी १६ महिनादेखि साउदीको जुगलस्थानमा रहेको गार्डेन कम्पनीमा काम गर्दै आएका थिए।
उनी बिदा स्वीकृत गराई घर फर्कन प्लेन टिकटको पर्खाइमा रहेको भाइ नाता पर्ने रमेशजंग पाण्डेले जानकारी दिए।
‘सोमबार मृत अवस्थामा शव भेटिएको फोनबाट जानकारी पायौं,’ रमेशजंगले भने। उनको शव ल्याउन प्रयास भइरहेको छ। शम्भुका पत्नी, १ छोरा र छोरी छन्।