Follow @khasokhasmag

लमजुङ र कास्की सिमाना रुदीखोलाको पूल भाँचियो, एकयात्रु बगायो, दुई चेपिए, कम्तीमा २५ जना घाइते


प्रकाशित मिति : श्रावण १२, २०७४ बिहीबार

– आश गुरुङ

श्रावण १२, २०७४- लमजुङ र कास्की जोड्ने रुदी दोभानको पूल भाँचिएपछिको बस दुर्घटनामा कम्तीमा २५ जना घाइते भएका छन् ।

एकजनालाई खोलाले बगाएको र २ जना बसले चेपिएको अवस्थामा रहेको यात्रुहरुले बताएका छन् । ८ जना गम्भीर घाइते भएको बसमा सवार यात्रु तथा उद्धारकार्यमा संलग्नहरुले बताएका छन् ।

बसमा सवार लमजुङको भोर्लेटारका अपिलराज पौडेलका अनुसार पोखराबाट लमजुङको रामबजार हुँदै कास्कीको मुंग्रेबेंसी भएर लमजुङको पसगाउँफेदी बगैंचा जाँदै गरेको यात्रुबहाक बस बिहीबार दिउँसो १ बजेतिर दुर्घटना भएको हो । उनका अनुसार रुदी र मादी दोभानको रुदीखोला माथिको पूल भाँचिएर ना५ख ६३९५ नं. को यात्रुबहावक बस खोलामा खसेको थियो ।

इलाका प्रहरी कार्यालय भोर्लेटारका इन्सपेक्टर राधेश्यामसिंह सैथवारले घटनास्थलमा प्रहरी टोली र एम्बुलेन्स पठाइसकेको जानकारी दिए । घटनास्थलमा टोली खटिसकिएको र विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।

घटनाबारे जानकारी पाउनेवित्तिकै उक्त ठाउँ गई उद्धारकार्यमा खटिएका भोर्लेटारका प्रवेश घिमिरेले प्रहरी आइपुगेको र उद्धारकार्यमा खटिएको बताए । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Source : Ekantipur

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com