श्रावण १२, २०७४- मोबाइलमा फोन गरेर अश्लिल शब्द बोल्ने २ जनालाई प्रहरीले सार्वजनिक मुद्धा चलाएको छ । धनकुटाको पाख्रिवास नगरपालिका-९ का ईश्वर बिष्ट र पाख्रिवास-५ का श्यामकुमार बिकले खाँदबारी नगरपालिका-६ की एक युवतीलाई मोबाइल गरी अश्लिल शब्द प्रयोग गरेका थिए । उनीहरुले अश्लिल शब्दका साथै गालीगलौज, धाकधम्की र दैनिक दर्जनौंपटक फोन गर्ने गरेका थिए ।
प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेर सार्वजनिक अपराधको मुद्धा चलाएको डिएसपी सन्तोष खड्काले बताए । पीडितले ९८११०८३२९४ र ९८११३०९४९२ नम्बरको मोबाईलबाट असार २२ देखि फोन गरेर धम्की र अश्लिल शब्द प्रयोग गरेको उजुरी दर्ता गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।