मिसेस नेपाल आइकनको ताज वर्षाको शिरमा


प्रकाशित मिति : श्रावण १२, २०७४ बिहीबार

बिबाहित महिलाहरुबिच राजधानीमा आईतबार सम्पन्न सौन्दर्य प्रतियोगितामा टियु अन्र्तगतको वातावरण विज्ञानमा अध्ययनरत तथा ५ वर्षदेखि संयुक्त अपाङ्ग अवास केन्द्रमा स्वयमसेवीको रुपमा कार्यरत भक्तपुर कौशलटारकी वर्षा कार्की मिसेस नेपाल आइकन २०१७ भएकी छिन् ।  एएनपी मिडिया हाउसद्धारा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा अभिनेता सुनिल थापाले सोधेको निर्णायक प्रश्न यदि तपाई एक हप्ताको लागि यो देशको पहिलो महिला प्रधानमन्त्री बन्नु भयो भने देशलाई कसरी अगाडि बढाउनुहुन्छ भन्ने प्रश्नमा गहकिलो उत्तर दिादै वर्षा चौथो संस्करणको मिसेस नेपाल आईकन २०१७ भएकी हुन् ।

वर्षाले भनिन्छ यदि तपाई राजनैतिक भाषणमा केहि चाहनु हुन्छ भने कुनै पुरुषलाई जिम्मेवारी दिनुस् । तर, यदि तपाई कुनै पनि कार्य पूर्ण भएको हेर्न चहानुहुन्छ भने कुनै महिलालाई जिम्मेवरी दिनुस् । त्यसैले यदि म एक हप्ताको लागि प्रधानमन्त्री भएा भने सर्वप्रथम शिक्षालाई निस्शुल्क गर्थें । किनकी शिक्षा मानिसको आधारभूत अधिकार हो । त्यसपछि म घरेलु तथा साना व्यवसयकर्तालाई करमा राहत दिई प्रोत्सान दिन्थें र लैङ्गीक विभेदका बिरुद्ध अभियान चलाउाथें। सागै, देशको हरेक कुना काप्चामा यथासंभव हरेक उपायले सामाजिक तथा आर्थिक रुपमा हरेक नागरिकको विकासको लागि जोड दिने थिएा भन्ने उत्तर दिएर निर्णायकहरुका साथ दर्शकको मन जिती उपाधि हासिल गरेकी हुन् ।

वर्षा मिसेस नेपाल आइकन २०१७ का साथ बेष्ट स्पीच र बेष्ट परफरमेन्स उपउपाधिको विजेता पनि भइन् । विभिन्न ३० पेशाकर्मी र गृहिणीका बिच भएको अन्तिम स्पर्धामा जयन्ती श्रेष्ठ उप्रेती फष्ट रनर्सअपका साथ बेष्ट सिङ्गर, रचना श्रेष्ठ सेकेन्ड रनर्सअपका साथ बेष्ट हेयर, सुमीरा श्रेष्ठ थर्ड रनर्सअपका साथ मस्ट कन्फीडेन्ट तथा पार्वती केसी शाही फोर्थ रनर्सअपका साथ बेष्ट पर्सनालिटी भइन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com