‘नयाँ घर बन्यो, ऋण तिर्ने पो कसरी’


प्रकाशित मिति : श्रावण १२, २०७४ बिहीबार

– आश गुरुङ

श्रावण १२, २०७४- सुन्दरबजार नगरपालिका ४, पुरानडिहीकी गंगा अधिकारीले भूकम्पले भत्काएको आफ्नो घर पुनर्निर्माण गरिन्। १२ वर्षअघि ब्रेन ट्युमरको समस्याबाट पति सुदर्शनको निधन भएपछि उनी छोराछोरीका साथ बस्दै आएकी थिइन्। २०७२ वैशाख १२ को भूकम्पले घर सबै भत्किएपछि उनले २ वर्ष त्रिपाल र टहरामा बिताइन्। ‘बल्ल नयाँ घर बन्यो। ढुक्क त भइयो तर, ऋण लागेको छ,’ उनले भनिन्, ‘भान्सा टहरामै छ। अन्नपात छिमेकीका घरमा राखेकी छु।’

पिंढीसहितको एककोठे घर निर्माण गर्न ४ लाख रुपैयाँ लागेको उनले बताइन्। घर निर्माणका लागि मानवीय सेवा तथा अन्तरसांस्कृतिक आदानप्रदान केन्द्र (च्वाइस ह्युमनिटेरियन नेपाल) ले ३ लाख रुपैयाँ सहयोग गरेको छ। ‘च्वाइसले २५ हजार दिन बाँकी छ। १ लाख रुपैयाँ ऋण लागेको छ, कसरी तिर्ने खै?’ उनले भनिन्।

पुरानडिहीकै ३४ वर्षीय यमबहादुर विकले पनि एककोठे घर निर्माण गरेका छन्। फराकिलो पिंढी बनाएको छ। त्यही एउठा कोठामा पतिपत्नी र ५ छोराछोरी बस्दै आएका छन्। ‘घर बनाउँदा ४ लाख ३० हजार लाग्यो। १ लाख ३० हजार ऋण छ,’ उनले भने, ‘पैसा भएन। एककोठे मात्रै बनाएँ, ऋण कसरी तिर्ने भन्ने पिर छ।’ स्थानीय धर्मबहादुर दुराले ५ लाख रुपैयाँ लगानीमा दुईकोठे घर निर्माण गरेका छन्। पत्नी रूपा, १ छोरा र २ छोरी बसेका छन्। घर बनाउँदा २ लाख रुपैयाँ ऋण लागेको उनले बताए। ‘३ लाख दाताले दिने भयो। २ लाख ७५ हजार पाएँ। चर्पी, सोलार वा बायोग्यास बनेमा थप २५ हजार पनि छिट्टै पाइनेछ’, उनले भने।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

राइनास नगरपालिका ७, धमिलिकुवा गरमबेंसीकी ६३ वर्षीया हरिमाया ढुंगेल पनि नयाँ घरमा सरेकी छन्। भूकम्पले भत्काएको घर भएकै ठाउँमा उनले घर पुनर्निर्माण गरेकी हुन्। एक छोरा, नाति र नातिनीका साथ बस्दै आएकी उनले घर निर्माण गर्न ५ लाख खर्चिन्। उनले २ कोठे घर बनाएकी छन्। च्वाइस नेपालबाट २ लाख ७५ हजार रुपैयाँ पाइसकेकी छन्। २५ हजार पाउन बाँकी रहेको उनले बताइन्। रोजगारीका सिलसिलामा कतार रहेका छोरा विक्रमले ल्याएको १ लाखले नपुगेर ५० हजार ऋण लिएको उनले बताइन्। ‘सहकारी र छिमेकीबाट ऋण लिनुपर्‍यो। ऋण भए पनि अब त
ढुक्कले बस्न पाएको छु’, उनले भनिन्। भान्सा भने बाँसले बारेर बनाइएको छ।
शौचालय र बायोग्यास पनि निर्माण गरेको उनले बताइन्।

च्वाइस ह्युमनिटेरियन नेपालका कार्यकारी निर्देशक प्रतीक शर्माका अनुसार डोटेर हिलिङ हेन्डस फाउन्डेसनको सहयोगमा सुन्दरबजार ४ मा ३१ घर र ३ मा ७ घर, नेपाल होपको सहयोगमा राइनास ७, धमिलिकुवा गरमबेंसीमा १५ घरको पुनर्निर्माण गरिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com