किबी खेतीमा आकर्षण


प्रकाशित मिति : श्रावण १२, २०७४ बिहीबार

– अनिश तिवारी

श्रावण १२, २०७४- मेलम्ची नगरपालिकाको हैबुङ र हेलम्बुमा किबीको व्यावसायिक खेती सुरु गरिएको छ। मेलम्ची भोटेचौरका ३० कृषकको समूह किबी खेतीमा लागेको छ।

हाल साविक हेलम्बु र हैबुङका दर्जनौं किसानले गाउँमा किबी खेती गर्दै छन्। उत्पादन राम्रो भएमा कृषकले किबी खेती विस्तार गर्दै जाने योजना बनाएका छन्। जिल्लामा पहिलोपटक ०७० मा भोटेचौरका ३२ कृषक परिवारले सामूहिक ऋण लिएर २० रोपनी खेतमा खेती गरेका थिए। ‘सुरुमा निरुत्साहित भएका थियौं,’ हैबुङ बन्जराटोलका महलाल दुलालले भने, ‘हाल उत्पालन सुरु गरेपछि उत्साहित छौं।’ उत्पादन राम्रै हुन थालेपछि उत्साहित भएको दुलालले बताए। हाल साविकका २ गाविसका २० कृषक समूहले खेती गरेका छन्। भोटेचौरमा कृषकले सुरु गरेको ‘हिमालयन किबी प्रालि’ बाट किबीको फलका साथै बिरुवा पनि उत्पादन भइरहेको छ। सुरुमा फर्मबाट २२ केजी किबी उत्पादन भएको छ।

आगामी वर्ष बढ्दै जाने आशामा किसानहरू रहेको बताउँछन्। किबी खेती गर्न चाहने र जानकारी लिन चाहने धेरै छन्। ‘टाढाटाढाका कृषकलेसमेत किबी खेतीबारे चासो लिन थालेका छन्,’ भोटेचौरकी कृषि प्राविधिक सहायक रमा लामिछिनेले भनिन्। उनले मेलम्चीलगायत अन्य गाउँपालिका कृषकले यसबारे जिज्ञासा लिइरहेको उनले बताइन्। किबीको बिरुवा प्रतिगोटा ३ देखि ३ सय ५० रुपैयाँसम्म बिक्री हुने गरेको छ। यसमा फल लाग्न ५ वर्ष लाग्छ। किबीलाई पौष्टिक फलका रूपमा लिइन्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

Source : Ekantipur

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com