सर्बेन्द्र ट्राफिकमा आएको २४ घण्टाभित्रै देखियो यस्तो प्रभाव


प्रकाशित मिति : श्रावण ११, २०७४ बुधबार

डिआईजी बढुवा सिफारिसमा पहिलो नम्बरमा पर्नुभएका प्रभावशाली प्रहरी अधिकृत सर्बेन्द्र खनाल महानगरीय ट्राफिक प्रहरीमहाशाखामा कामथालेदेखि नै उपत्यकामा त्यसको प्रभाव देखिएको छ । मंगलबारसाँझ खनालले महानगरीय ट्राफिक प्रहरीको कमाण्ड सम्हालेदेखि नै त्यसको पहिलो प्रभाव काठमाडौंको जाम हटाउने सन्दर्भमा देखिएको छ ।

मंगलबारसाँझदेखि बुधबार दिनभर काठमाडौंमा पहिलेजस्तो जामको सामना गर्नुपरेन । मंगलबारसाँझदेखि नै खनालले माताहतका प्रहरीलाई जाम हटाउने सन्दर्भमा दिनुभएको विशेष निर्देशनपछि ट्राफिक प्रहरी विशेष रुपमा सकृय भएको थियो । बुधबार विहानदेखि थप सकृय ट्राफिक प्रहरीका कारण अरुदिनजस्तो सर्वसाधारणले जाममा सास्ती खेप्नु परेन ।

सर्बेन्द्रका विगतका सफलता पढ्न यहाँ क्लिक गर्नुहोला ।

अरुदिनको तुलनामा जाम निकै कम भएको थियो । ट्राफिक नियम उल्लंघन र ट्राफिक व्यवस्थापनमा कमजोरीका कारण काठमाडौं उपत्यकामा जामको समस्या ठूलो रुपमा रहेको छ । ड्युटीमा खटिएका प्रहरीलाई थप प्रतिबद्ध गराउने सर्वेन्द्रको यो कदमसँगै काठमाडौंको यातायात व्यवस्थापनमा उनको भूमिका प्रभावशाली हुने जनअपेक्षा रहेको छ । महानगरपालिका, सरोकारवाला संघ संस्था र सर्वसाधारणसँग मिलेर यातायात व्यवस्थापनमा आफू लागि पर्ने सर्बेन्द्र खनालले जनाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com