एनआरएन अमेरिकाको चुनावमा नेताको नाम जोडेकामा एमालेको आपत्ति


प्रकाशित मिति : श्रावण ११, २०७४ बुधबार

एनआरएन अमेरिकाको आगामी अगस्तमा हुने चुनावमा एमालेका शीर्ष नेताहरुको नाम जोडेर प्रचारबाजी गरिएकोमा एमालेले आपत्ति जनाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले वक्तब्य जारी गर्दै पार्टी अध्यक्ष केपी ओली लगायतका नेताको नाम जोडिएकोमा आपत्ति जनाएका हुन् । वक्तब्यमा एनआरएन अमेरिकाको आगामी अगस्तमा हुने चुनावमा पार्टीका अध्यक्ष लगायत बरिष्ठ नेताहरुको तस्विरसमेत राखेर अमुक उम्मेदवारको पक्षमा भाइबर लगायतका अनलाइन मिडियामा प्रचार गरेको घटनाप्रति पार्टीको ध्यानाकर्षण भएको जनाइएको छ ।

बक्तब्यमा भनिएको छ हाम्रो पार्टी गैर आवासीय नेपाली संघलाई संसारभरि छरिएर रहेको प्रवासी नेपालीहरुको साझा चौतारीको रुपमा विकास भएको हेर्न चाहन्छ । र प्रवासी नेपालीहरुले आर्जन गरेको ज्ञान, सिप र पूजीलाई हाम्रो राष्ट्रको आर्थिक विकाशमा सदुपयोग गर्न चाहन्छ । स्वभाविक रुपले हाल अमेरिकामा हुन गइरहेको राष्ट्रिय समन्वय परिषद्को निर्वाचनको सन्दर्भमा पनि यो वा त्यो उम्मेदवारको पक्ष वा विपक्षमा खडा हुनेभन्दा पनि हामी अमेरिकामा बस्ने तपाई तमाम प्रवासी नेपालीहरुको छनौटलाई पूर्ण रुपले सम्मान गर्न चाहन्छौं र तपाईहरुले निर्वाचित गरेका प्रतिनिधिहरुलाई स्वागत गर्न तयार रहेको कुरा जानकारी गराउन चाहन्छौं ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com