नयाँ मन्त्रीहरुको शपथ अपरान्ह ४ बजे


प्रकाशित मिति : श्रावण ११, २०७४ बुधबार

श्रावण ११, २०७४- नयाँ मन्त्रीहरुको शपथ कार्यक्रम अपरान्ह ४ बजे हुने भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा ४ बजे हुने शपथ ग्रहण समारोहका लागि तयारी भइरहेको राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले जानकारी दिए । उनले मन्त्रिपरिषद् विस्तारको आधिकारिक चिठ्ठी भने प्राप्त भइनसकेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएपछि शपथको कार्यक्रम तय भएको हो । नयाँ मन्त्रीहरुलाई राष्ट्रपति विद्या भण्डारीले शपथ खुवाउनेछिन् ।

यसअघि बुधबार ५ बजे शपथ ग्रहणको राष्ट्रपति कार्यालय तयारी गरे पनि कांग्रेसले विवादका कारण मन्त्री टुंगो लगाउन नसकेपछि एकाएक रोकिएको थियो । कांग्रेसले आज पनि मन्त्रीहरुको अन्तिम नामवली सार्वजिनक गरिसकेको छैन ।

सत्ता साझेदार मा‌ओवादी केन्द्रले भने बिहान बसेको केन्द्रीय कार्यालयको बैठकमार्फत् ६ जना मन्त्री र ३ राज्यमन्त्रीको नाम टुंग्याइसकेको छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

कांग्रेस नेता विमलेन्द्र निधिले कांग्रेसबाट ९, माओवादी केन्द्रबाट ६, लोकतान्त्रिक फोरमबाट २ र नेकपा (संयुक्त) बाट १ गरी १८ नयाँ मन्त्रीको बुधबार शपथ हुने जानकारी दिए । यसअघि कांग्रेसबाट ३, माओवादी केन्द्रबाट ३ र लोकतान्त्रिक फोरमबाट अध्यक्ष विजय गच्छदार यसअघि नै मन्त्री बनिसकेका छन् ।

कांग्रेसले १३, माओवादी केन्द्रले ९, लोकतान्त्रिक फोरमले ३, नेकपा (संयुक्त) का लागि १ र राप्रपाका लागि ४ मन्त्रालय लिने गरी भागबन्डाको टुंगो भने यसअघि नै लागिसकेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com