गोर्खाल्यान्डका लागि प्रधानमन्त्रीलाई चिठ्ठी


प्रकाशित मिति : श्रावण ११, २०७४ बुधबार

– पर्वत पोर्तेल

श्रावण ११, २०७४- दार्जिलिङमा जारी गोर्खाल्यान्ड आन्दोलनको समर्थनमा छिमेकी राज्य सिक्किमले चिठ्ठी आन्दोलन सुरु गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रेसित गरिने चिठ्ठीमा भारतको ३० औं राज्यको रुपमा गोर्खाल्यान्ड गठन गर्न माग गरिएको छ ।

गोर्खाल्यान्ड संवैधानिक माग रहेको भन्दै सिक्किम राज्य सरकार र सिक्किमवासी जनताले समर्थन जनाउँदै आएका छन् । आन्दोलनका अभियन्ता पत्रकार प्रवीण खालिङले गोर्खाल्यान्ड गठनका लागि दबाब सिर्जना गर्ने उद्देश्यका साथ चिठ्ठी आन्दोलन सुरु गरिएको बताए ।

खालिङले राज्यका सबै क्षेत्रबाट मोदीलाई चिठ्ठी पठाइने छ । अहिलेसम्म करिब २ हजार चिठ्ठी पठाइसकिएको छ । यो अभियानलाई भारतभर विस्तार गरिने छ । भारतभरका करिब डेढ करोड नेपालीभाषीले अभियानमा भाग लिने खालिङको विश्वास छ । ‘डेढ करोड जना साझा मागमा चिठ्ठी पठाउँदा पक्कै पनि केन्द्र सरकार सकारात्मक बन्ने आशा छ’, अर्का पत्रकार प्रकाश अधिकारी भन्छन् ।

Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com