Follow @khasokhasmag

भाइरल ज्वरोका बिरामी बढ्न थाले


प्रकाशित मिति : श्रावण ११, २०७४ बुधबार

रामपुर (पाल्पा), ११ साउन । पाल्पाका विभिन्न अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् ।

वर्षायाम शुरु भएसँगै जिल्लाका विभिन्न अस्पताल, क्लिनिकमा भाइरल ज्वरोका बिरामी दिनहुँ बढ्दो अवस्थामा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

एक हप्ता अघिदेखि जिल्लाका विभिन्न अस्पतालमा दैनिकजसो ३० देखि ४० जना जति भाइरल ज्वरोका बिरामी आउने गरेको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी माधवप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । भाइरल रोगबाट प्रभावित विशेष गरी पाँच वर्षमुनिका बालबालिका बढी देखा परेको उहाँले बताउनुभयो ।

नाकबाट सिंगान बग्ने, हाछ्युँ आउने, ज्वरो आउने, हल्का खोकी लाग्ने, खान नरुच्ने, ज्यान दुख्नेजस्ता भाइरल ज्वरोका लक्षण हुन् । मुख नछोपिकन हाछ्युँ गर्दा, संक्रमण बढ्दा तथा शरीरमा हुने प्रतिरक्षा शक्तिमा कमी हुँदै जाँदा यो रोगले मानिसमा आक्रमण गर्ने गर्दछ । रासस

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com