कतारको युनिभर्सिटीमा डाइरेक्टर डाक्टर डिना बाङ्देलको अमेरिकामा मृत्यु


प्रकाशित मिति : श्रावण १०, २०७४ मंगलबार

कतारको युनिभर्सिटीमा डाइरेक्टर डाक्टर डिना बाङ्देलको अमेरिकामा मृत्यु भएको छ । आधुनिक नेपाली चित्रकलाका पिता लैनसिह बाङ्देलकी पुत्री डिनाको मृत्यु क्यान्सरका कारण भएको जनाईएको छ ।

डिना कतारमा रहेको भर्जिनिया कमनवेल्थ युनिभर्सिटीमा आर्ट हिस्ट्री प्रोग्रामकी डाईरेक्टर हुनुहुन्थ्यो । अमेरिकाको ओहियो स्टेट युनिभर्सिटीबाट पीएचडी गर्नुभएकी डिना कला ईतिहासकारका रुपमा परिचित हुनुहुन्थ्यो ।

कतारमा बिरामी भएपछि डिनालाई उपचारका लागि अमेरिका ल्याईएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com