एसएसपी खनाल उपत्यका ट्राफिकका नयाँ प्रमुख


प्रकाशित मिति : श्रावण १०, २०७४ मंगलबार

– दीपेन्द्र विष्ट
श्रावण १०, २०७४- एसएसपी सवेन्द्र खनालले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुखको जिम्मेवारी पाएका छन् । यसअघिका उपत्यका ट्राफिक प्रमुख डिआईजी मिङमार लामालाई केन्द्रिय ट्राफिक निर्देशनालयको प्रमुखको जिम्मेवारी दिइएको छ ।

प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हाल्नु पूर्व खनालले महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुखका रुपमा काम गरेका थिए । अपराध महाशाखामा रहँदा गुण्डा नाइके घैंटेको इन्काउन्टर र नेपाली फुटबलको म्याच फिक्सिङ केसले उनको चर्चा चुलिएको थियो । खनाललाई प्रहरी बढुवा समितिले एक नम्बरमा डिआईजीमा सिफारिस गरेको छ ।

खनालले आजैबाट पदभार ग्रहण गरी काम गर्ने बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com