गोसाइँकुण्ड जान नुवाकोटबाट दुई पदमार्ग सञ्चालन


प्रकाशित मिति : श्रावण १०, २०७४ मंगलबार

नुवाकोट, १० साउन । जनैपूर्णिमा पर्वको अवसरमा रसुवाको गोसाइँकुण्डमा लाग्ने मेलामा सहभागी हुन नुवाकोट हुँदै जाने दुई पदमार्ग व्यवस्थितरुपमा सञ्चालनमा आएको छ ।

काठमाडौँको सुन्दरीजल र नुवाकोटको समुन्द्रटार हुँदै गोसाइँकुण्ड जाने दुई पदमार्गमा तीर्थयात्रीका लागि आवश्यक व्यवस्थासहित सञ्चालनमा ल्याएको होटल व्यवसायीले बताएका छन् ।

गोसाइँकुण्ड पुग्न पर्यटकीय मार्ग तथा प्रकृतिको सुन्दरतासँग रमाउन चाहनेलाई यसअघिदेखि नै कायम रहेको काठमाडौँको सुन्दरीजलबाट पैदलमार्फत चिसापानी, कुटुङसाङ, भंगिनगोठ, छहरेपाटी, घोप्टेभिरको फेदी हुँदै सूर्यकुण्ड÷गोसाइँकुण्ड पुग्ने पदमार्ग मर्मत तथा व्यवस्थित गरी सञ्चालनमा ल्याएको लाङ्टाङ गोसाइँकुण्ड हेलम्बु होटल व्यवसायी सरोकार समितिका उपाध्यक्ष पेम्बा लामाले जानकारी दिनुभयो ।

सुन्दरीजलबाट विश्राम गर्दै दुई दिनमा गोसाइँकुण्ड पुग्ने यो पदमार्गलाई जनैपूर्णिमाको अवसरमा लाग्ने मेलालाई दृष्टिगत गरी व्यवस्थित गरेर सञ्चालनमा ल्याएपछि तीर्थयात्रीको आगमनसमेत शुरु भइसकेको छ । यो पदमार्ग तीन वर्षदेखि सञ्चालनमा छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै, विदुर नगरपालिका–५ गगटेबाट खरानीटार, समुन्द्रटार, रामती, घ्याङ्फेदी तालुकसेरी हुँदै फेदी निस्केर सूर्यकुण्ड÷गोसाइँकुण्ड पुग्न सक्ने व्यवस्थाको अर्को मार्ग पनि सञ्चालनमा आएको छ ।

स्थानीय होमस्टे समिति, लाङ्टाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका उपसमितिहरु, आमा समूहलगायतसँग समन्वय गरी पदमार्गमार्फत गोसाइँकुण्ड पुग्न सुरक्षित व्यवस्था मिलाएको होटल व्यवसायी सरोकार समितिका सचिव मिङ्मा शेर्पाले जानकारी दिनुभयो ।

सुन्दरीजलबाट नुवाकोट हँुदै गोसाइँकुण्ड पुग्न दुई दिन लाग्ने भए पनि नुवाकोटको समुन्द्रटारबाट जाँदा एक दिनको पैदल यात्रामा पुग्न सकिने गरी आवतजावतको व्यवस्था मिलाइएको सरोकार समितिले जनाएको छ । गंगटेबाट ३५ किमी दूरीमा रहेको समुन्द्रटार सवारीसाधनमा नै जान सकिन्छ ।

पैदलमार्फत गोसाइँकुण्ड जाने तीर्थयात्रीका लागि सुरक्षा, खाद्यान्न, पथ–प्रदर्शक, भरिया, औषधि उपचारलगायतको समेत व्यवस्था मिलाएकाले निर्धक्क भएर गोसाइँकुण्ड यात्रा गर्न समितिले आह्वान गरेको छ । तीर्थयात्रीका लागि सुरक्षा बन्दोबस्तमा सुरक्षाकर्मी नियमितरुपमा परिचालन भइरहेको र धुञ्चेबाट एकैपटक ठाडो उकालो लागेर उचाइमा पुग्दा लेक लाग्न सक्ने भएकाले सुन्दरीजलबाट नुवाकोटको घ्याङ्फेदी हुँदै गोसाइँकुण्ड जाँदा उकालो क्रमशः चढ्दै जाने हुँदा यो मार्ग स्वास्थ्यका दृष्टिकोणले समेत उपयुक्त मार्गका रुपमा रहेको स्थानीय व्यवसायीले बताएका छन् ।

समुन्द्रटार पदमार्ग सञ्चालनमा आएको तीन वर्ष र सुन्दरीजल पदमार्ग सञ्चालनमा आएको दुई वर्ष भएको छ । उक्त मार्ग हुँदै पहिलो वर्ष विसं २०७१ मा दुई हजार, २०७२ मा तीन हजार र २०७३ मा पाँच हजार तीर्थयात्री गोसाइँकुण्ड गएकाले यसवर्ष १० हजार तीर्थयात्रीलाई लक्षित गरी खाना, खाजा तथा बास बस्ने व्यवस्था, भरिया, पथ–प्रदर्शकलगायतको बन्दोबस्ती मिलाइएको होटल व्यवसायीले बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com