टिसाले तोडिन् गौरिकाको कीर्तिमान
प्रकाशित मिति : श्रावण १०, २०७४ मंगलबार
श्रावण १०, २०७४- नेपाली पौडीवाज टिसा शाक्यले हंगेरीको बुढापेस्टमा जारी १७ औं फिना विश्व पौडी च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्।
टिसाले १०० मिटर. ब्रेस्ट स्ट्रोकमा १ मिनेट २६.१३ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाए। उनले गौरिका सिंहको नाममा रहेको राष्ट्रिय कीर्तिमान भंग गरेको पौडी संघले जनाएको छ।
उक्त दूरीमा गौरिकाले सन् २०१५ मा काठमाडौंमा सम्पन्न २० औं राष्ट्रिय खुला पौडीमा १ मिनेट २६.७२ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। अघिल्लो दिन सुभम श्रेष्ठले १०० मिटर ब्रेस्टस्ट्रोक र अनुभव सुब्बाले ५० मिटर बटरफ्लाईमा कीर्तिमान बनाएका थिए।