ब्रिटिस समर च्याम्पियनसिपमा गौरिका


प्रकाशित मिति : श्रावण १०, २०७४ मंगलबार

श्रावण १०, २०७४- गौरिका सिंह, रियो ओलम्पिक–२०१६ मा सबैभन्दा कान्छी खेलाडी भएर अन्तर्राष्ट्रिय मिडियामा निकै छाएकी नेपाली पौडीवाज। सप्ताहन्त लन्डन मिलहिल ब्रोडवे नजिक निवास पुग्दा उनी केही थकित र बिसन्चो मुडमा देखिन्थिन्। मनमा उत्साह र जोश–जाँगर भने विगतकै जस्तो।

‘भर्खर अभ्यास गरेर आराम गरिरहेकी थिएँ,’ कान्तिपुर टिम घर पुग्दा उनले नेपाली–अंग्रेजी मिश्रित लवजमा सुनाइन्, ‘भोलि (सोमबार) सेफिल्ड जानु छ। त्यसको तयारीले पनि अलि व्यस्त भएँ।’
ब्रिटिस समर च्याम्पियनसिपअन्तर्गत ५ इभेन्ट्सका लागि आमा गरिमा राणाका साथ सेफिल्ड जाने तयारीमा थिइन् गौरिका।

उनले २५ देखि ३० जुलाईसम्म पोन्ड्स फोर्ग सेफिल्डमा हुने प्रतियोगितामा बार्नेट कफल स्वीमिङ क्लबका तर्फबाट सहभागिता जनाउँदै छिन्। उनी नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय पौडी खेलाडीका रूपमा ब्रिटिस स्वीमिङ (एएसए) मा आबद्ध छिन्। इङल्यान्ड, वेल्स र स्कटल्यान्डमा प्रत्येक उमेर समूहबाट शीर्ष २५ पौडीवाज ब्रिटिस समर च्याम्पियनसिपलाई योग्य हुन्छन्।

गौरिका २०० मिटर फ्री–स्टाइलमा २ मिनेट ८.३१ सेकेन्ड, ४ सय मिटर फ्री–स्टाइलमा ४ मिनेट २९.९८ सेकेन्ड, ८ सय मिटर फ्री–स्टाइलमा ९ मिनेट १३.९७ सेकेन्ड र २०० मिटर इन्डिभिज्युअल मिड्लेमा २ मिनेट २६.२५ सेकेन्डको समय निकाल्दै समर च्याम्पियनसिपलाई योग्य भएकी हुन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘मलाई आत्मविश्वास छ यो च्याम्पियनसिपमा नयाँ कीर्तिमान कायम राख्नेछु,’ उनी भन्दै थिइन्। यस प्रतियोगितालगत्तै गौरिका ३१ जुलाईमा ब्रिटिस ओपन वाटर स्वीमिङ च्याम्पियनसिपको ३ किमि इभेन्टमा प्रतिस्पर्धी हुन्छिन्। गौरिका थप उत्साहित त नेपाल गएर प्रतिस्पर्धा गर्ने कुराले थिइन्। भदौ १ देखि ३ सम्म काठमाडौंमा हुन २० औं राष्ट्रिय पौडी प्रतियोगितामा भाग लिन उनी अगस्टमा नेपाल जाने तयारीमा छिन्। ‘दुई वर्षपछि नेपाल जान लागेकाले एकदमै उत्साही भएको छु,’ उनले भनिन्। नेपालकै छोरी भएको बताउँदै गौरिका नेपाल सरकार र पौडीसँग सम्बन्धित निकायले आफूजस्ता खेलाडीलाई प्रोत्साहन गरिदिउन् भन्ने चाहन्छिन्।

छेउमै रहेका गौरिकाका बुवा डा. पारस पनि नेपाल सरकारले देशको गौरव राख्ने खेलाडीलाई प्रोत्साहन गर्नुपर्ने औंल्याउँछन्। गौरिकाका बुवा पेशाले कन्सल्टेन्ट युरोलोजिस्ट हुन्। ‘हाम्रो तन मन त नेपालमै छ,’ पारस थप्छन्, ‘देशको इज्जत र गौरव बढाउन हामी अग्रसर छौं। सरकार र सम्वन्धित निकायले अझै प्रोत्साहित गरिदिए हुन्थ्यो।’ नेपालका प्रमुख प्रतियोगिताबारे बेलैमा जानकारी पाए गौरिकालाई प्रतिस्पर्धामा लैजान आफ्नो साथ समर्थन सधैं रहने उनले बताए। दक्षिण एसियाली खेलकुद (साग) को १२ औं संस्करणमा ऐतिहासिक एक रजत र तीन कांस्य पदक जितेकी गौरिकाले आगामी संस्करणमा नेपालका लागि धेरै पदक जित्ने अठोट गरेकी छन्।

उनी ओलम्पिकमा प्रतिस्पर्धा गर्दा १३ वर्ष २ सय ५५ दिन उमेरकी थिइन्। रियो ओलम्पिकमा ११ हजार बढी खेलाडीमाझ अन्तर्राष्ट्रिय मिडियाले उनको जति चर्चा गरे, त्यसले नेपाल र नेपालीको इज्जत बढाएको गौरिकाको अनुभव छ। त्यसयता लाइमलाइटमा आएकी ‘स्वीमर सेलिब्रेटी’ गौरिका आफ्नो परिवार र ह्याबरडेसर्स गल्र्स स्कुलबाट समेत पूर्ण सहयोग पाएकामा दंग छिन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com