Follow @khasokhasmag

नागेश्वरमा ५० हजार भक्तजन


प्रकाशित मिति : श्रावण ९, २०७४ सोमबार

काठमाडौँ, ९ साउन । यस वर्ष साउनको दोस्रो सोमबारका दिन प्राचीन, ऐतिहासिक एवं धार्मिक महत्वको प्रसिद्ध नागेश्वर महादेव मन्दिरमा ५० हजारभन्दा बढी श्रद्धालु भक्तजनले पूजार्चनासहित नागेश्वरको दर्शन गरेका छन् ।

नागेश्वरको दर्शन गर्नाले फलिफाप हुने विश्वास गरिन्छ । नागेश्वरको मन्दिरमा नित्य बिहान रुद्री, हवन र साँझमा गरिने आरतीमा टाढा टाढाबाट भक्तहरु सहभागी हुने गरेका छन् । त्यस्तै बालाजुुको वाणेश्वर महादेवस्थानमा पनि श्रद्धालुको निकै घुइँचो लागेको थियो । ती दुवै मन्दिरको व्यवस्थापन तथा सञ्चालन वरिष्ठ समाजसेवी प्रकाश रायमाझीले गर्नुभएको छ । रासस

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com