Follow @khasokhasmag

दोलखामा परकम्प


प्रकाशित मिति : श्रावण ९, २०७४ सोमबार

काठमाडौँ, ९ जेठ । दोलखाको खोलाखर्क केन्द्रविन्दु भई गोरखा भूकम्पको परकम्प गएको छ । आज बिहान १० बजेर २९ मिनेट जाँदा ४ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

दोलखा र रामेछापको आसपास केन्द्रविन्दु रहेकाले रामेछापमा ठूलोे धक्का महसुस भएको जनाइएको छ ।

२०७२ वैशाख १२ को खोरखा भूकम्पपछि हालसम्म चार रिक्टर स्केल भन्दा माथिका ४८४ परकम्प गएको विभागका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । रासस

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com