यतीले एटीआर थप्यो


प्रकाशित मिति : श्रावण ९, २०७४ सोमबार

श्रावण ९, २०७४- तीसजना यात्रु क्षमता भएको ब्रिटिस जेटस्ट्रिम विमान उडाउँदै आएको यती एयरलाइन्सले फ्रेन्च/इटालियन विमान एटीआर ७२–५०० विमान ल्याएको छ।

यो विमान यती कम्पनीका लागी पहिलो हो। शनिबार सिंगापुरबाट ल्याइएको यो विमान ८ वर्ष पुरानो हो।

एयरलाइन्सका एक अधिकारीका अनुसार यसअघि आयरल्यान्डको एयर भानुआटुले यसलाई उडाउँदै आएको थियो। यतीसँग हाल सुगम रुटका लागि ६ वटा जेटस्ट्रिम विमान छन्। यी सबै विमानलाई बिस्तारै निष्कासन (फेजआउट) गर्दै एटीआर विमान उडान यस कम्पनीको योजना छ।

नेपालमा हाल बुद्ध एयरसँग यो वर्गका चारसहित सातवटा विमान छन्।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

यतीले भाडा (ड्राई लिज) मा ल्याएको यो विमान १० दिनपछि नियमित उडानमा ल्याइनेछ। सुरुमा यसले विराटनगर र नेपालगन्जमा उडान भर्नेछ। करिब एक महिनापछि यसले यही वर्गको दोस्रो विमान ल्याई भद्रपुर, नेपालगन्ज र भैरहवामा पनि उडाउने भनेको छ। १ अर्ब २० करोड रुपैयाँ हाराहारी मूल्य भनिएको यो विमान नर्डिक एभिएसन क्यापिटल आयरल्यान्डसँग खरिद गरिएको हो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com