टुटेश्वरनाथमा बोलबम मेला


प्रकाशित मिति : श्रावण ९, २०७४ सोमबार

बर्दिवास, ९ साउन । राता, पहेँला वस्त्रले सजिएर शिव दर्शनका लागि ‘बोलबम’को नारा लगाउँदै हिँडेका भक्तजनको भीडले महोत्तरी जिल्लाको टुटेश्वर वनक्षेत्रमा आज निकै चहलपहल बढेको छ ।

पूर्वपश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने टुटेश्वरचोकबाट आठ किमी सघन वनक्षेत्र छिचोलेर पुगिने बर्दिवास नगरपालिका–५ को टुटेश्वरनाथ मन्दिर क्षेत्रमा आज साउने सोमबारी मेलाले चहलपहल बढेको हो ।

मडाहा नदी किनारमै चुरे पहाडी शृङ्खलाको एउटा थुम्कोमा अवस्थित टुटेश्वर मन्दिर वरिपरि आज हजारौँ भक्तजनको भीड देखिएको छ । यसपालि साउन कृष्णपक्ष शुरु भएसँगैको असार २६ गते नै परेको पहिलो सोमबारदेखि नै सोमबारी मेला सुरु भए पनि दर्शनार्थीको भीड चाहिँ आज धेरै देखिएको टुटेश्वरका स्थानीयवासी बताउँछन् । पानी नपरेको र आकाशमा बादल लागेर शीतल भएकाले आज दर्शनार्थीको सङ्ख्या निकै बढेको सो बस्तीका भुवन महतले बताउनुभयो ।

शिवलिङ्गमा चढाउन नजिकैको मडहा नदीबाट जल ल्याउन सकिने भए पनि धेरैजसो भक्तहरुले रातु र कमला नदीबाट जल भरेर ल्याउने गरेका पाइएको छ । आज ६० किमी दूरीको उत्तरायणी (उत्तरतर्फ बगेको) कमलाबाट जल लिएर दर्शन गर्न आउने डाक बम (सोमबार नै जल भरेर उसै दिन शिवलिङ्गमा जल चढाउन नाङ्गो खुट्टाले हिँडेरै आउने भक्त)को सङ्ख्या पनि दुई हजार नाघिसकेका टुटेश्वर मन्दिर व्यवस्थापन समितिका सदस्यसमेत रहेका महतले जानकारी दिनुभयो । डाकबमबाहेकका दर्शनार्थी भने एक÷दुई दिनपहिले नै भरिएको जल चढाएरै शिव दर्शन गर्ने गर्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टुटेश्वरनाथमा दर्शन गर्नेहरु महोत्तरी, धनुषा, सर्लाही, सिरहा, रौतहट, बारा, पर्सा र सप्तरीसहितका जिल्ला र छिमेकी देश भारतको विहार र उत्तरप्रदेश प्रान्तका भक्त भेटिएका छन् । घना वनक्षेत्रभित्र आठ किमी दूरी पैदलयात्रा गर्दा खास ठाउँ जाँदैछु भन्ने अनुभूति हुने र मन्दिर परिसर नदी किनारको पहाडको रमाइलो थुम्कोमा हुनुले रमणीय देखिनुले यो धार्मिकस्थलको आकर्षण बढेको भारतको विहार राज्यको पश्चिमीचम्पारन जिल्लाबाट आएका भक्त शिवधारी दास बताउनुहुन्छ ।

त्यसैगरी, टुटेश्वरका स्थानीयवासीको अतिथिप्रतिको सद्भाव, स्नेह र सहयोगी भावले पनि यो ठाउँ भक्तको रोजाइमा पर्ने गरेको यसपालि पाँचौँ पटक यहाँ आएका भारतकै सीतामढी जिल्लाको गोरहारीका रामस्वरुप पासवानको ठम्याइ छ । सोमबारी मेलाको अवसरमा टुटेश्वरका अतिरिक्त जिल्लाका भंगाहा–५ स्थित सिद्धनाथ महादेव मन्दिर, जलेश्वरस्थित जलेश्वरनाथ महादेव मन्दिर र मगरथानास्थित मंगठलनाथ महादेव मन्दिरमा पनि भक्तजनको निकै घुइँचो देखिएको छ ।

हिन्दू परम्परामा साउनको सोमबारका दिन शिवलिङ्गमा जलपूmल चढाएर व्रत उपवास बसे पुण्य प्राप्त हुने जनविश्वास छ । आज साउन महिनाको सौरमासको गणनाले दोस्रो र चन्द्रमासको गणनाले तेस्रो सोमबार हो । यसपालि चन्द्रमास र सौरमासको गणनामा पाँच÷पाँचवटा सोमबार परेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com