बेइजिङ, तियानजिन र छन्दुमा कोरोना क्रमशः कम हुँदै


प्रकाशित मिति : पुस १४, २०७९ बिहीबार

चीनका स्वास्थ्य अधिकारीहरूले बेइजिङ, तियानजिन र छन्दुमा कोरोना सङ्क्रमण क्रमशः कम हुँदै गएको बताएका छन् । देशभर कोभिड–१९ को अवस्था अहिले उच्चस्तरमा रहेपनि बेइजिङ, तियानजिन र छन्दुमा कोभिड–१९ सङ्क्रमणले चरम सीमा नाघेको बताएका हुन्

देशभर हाल कोरोना सङ्क्रमित अधिक भए पनि हरेक प्रान्त र प्रदेशमा सङ्क्रमण दर फरक रहेको तथा सबैतिरको अवस्था एकै किसिमको नभएको सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम केन्द्रका प्रमुख वु जुनयुले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बताए ।

राज्य परिषद् सूचना कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बेइजिङ, तियानजिन, हेबेइ, छन्दु, चोङकिङ तथा मध्य चीनका केही प्रान्तमा अन्य प्रान्तको तुलनामा सङ्क्रमण चाँडो फैलिएको र त्यो क्रमशः शिथिल हुँदै गएको जानकारी दिँदै प्रमुख वुले साङ्घाई, चोकिङ, आन्हुई, हुबेई, हेनान, जिलिन र फुजियानमा तुलनात्मक रुपमा तीव्र गतिमा फैलिएको बताए ।

ठूला र सघन जनसङ्ख्या भएका शहरमा भाइरस द्रुत गतिमा फैलिएको, जनसङ्ख्या र आकारका दृष्टिले साना र मध्यम शहरमा सङ्क्रमणको फैलावट पनि मन्द रहेको बताउँदै केन्द्रप्रमुखले चिसोमा सङ्क्रमणको थप जोखिम हुने, आगामी वसन्तोत्सवमा भीड हुनसक्ने भएकाले त्यसबाट बच्नुपर्नेमा उनले जोड दिएका छन् । महामारीको अवस्थालाई सबै स्थानीय तहले विश्लेषण एवम् अनुगमन गरी सर्वसाधारणको जीवनमा परेको प्रभाव कम गर्ने प्रयास जारी रहेको उनले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com