सरकार गठनबारे धारणा बुझ्न देउवाले बोलाए सांसदहरुलाई बालुवाटार


प्रकाशित मिति : पुस ९, २०७९ शनिबार

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेस सांसदरुलाई बालुवाटार बोलाएका छन् । मध्यान्ह १२:३० बजे कांग्रेस सांसदहरुको भेला प्रधानमन्त्री निवासमा हुँने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बताए । सरकार गठनमा गठबन्धनभित्र सहमति जुटाउन सकस भइरहेका बेला देउवाले सांसदहरुलाई बोलाएका हुन् । दलको निर्वाचनपछि कांग्रेस सांसदहरुको पहिलो भेला हुन लागेको हो ।

सरकार गठनका लागि यसअघि नै राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ ५ बजेसम्म दाबी पेस गर्न समय तोकिसकेकी छन् । संसदमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधि सभा सदस्यले प्रधानमन्त्री दाबी गर्न सक्ने संवैधानिक व्यवस्था छ ।
यता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई पहिलो चरणमा प्रधामन्त्री बनाउनुपर्ने अडान राख्दै आएका छन् । तर, आफ्नै आकांक्षा र पार्टीको दबाबका कारण कांग्रेस सभापति शेरबहादुर देउवा प्रचण्डको प्रस्ताव स्वीकार गर्न तयार छैनन् ।

यसै विषयमा सांसदको धारणा बुझ्न देउवाले भेला बोलाएका हुन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com