राष्ट्रपतिलाई फेसबुकमा मनलाग्दी गाली गर्ने सुनार पक्राउ, अब के हुन्छ कारवाही ?


प्रकाशित मिति : असार २९, २०७४ बिहीबार

कपिलवस्तु । राष्ट्रपति विद्यादेबी भण्डारीको गाडी खरिद प्रकरणसंग जोडेर अत्यन्तै तल्लो दर्जाको अपमानजनक शब्द प्रयोग गरेर फेसबुक स्टाटस लेख्ने एक स्वघोषित पत्रकार तौलिहवावाट पक्राउ परेका छन् ।

सोनुकुमार सुनार नाम गरेका हुँदा मोडल रेडियो तौलिहवाका एक स्वघोषित पत्रकारलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले रेडियोको स्टेशन भन्दा वाहिरवाटै बुधवार साँझ नियन्त्रणमा लिएको हो । प्रहरी उपरिक्षक भोजजंग शाहले सुनारले साइवर अपराध गरेको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको वताउनु भयो । कक्षा ८ मात्र पढेका कारण नेपाल पत्रकार महासंघको सदस्यता समेत पाउन नसकेका प्राविधिक कर्मचारीले पछिल्लो समयमा आफुलाई सो रेडियोको मेनेजर भएको दावि गर्दै आएका थिए ।

पक्राउ परेका सुनार प्यूठानका बासिन्दा हुन् । प्यूठानवाट कपिलवस्तुमा आएपछि उनले रेडियो प्राविधिक संगै पत्रकारीता पेशामा संलग्न रहेको उनलाई नजिकवाट जान्नेहरु वताउछन्। पछिल्लो पटक राष्ट्रपतिलाई तथानाम गाली गलौज गर्ने र ब्यक्तिगत चरित्र हत्या गर्नेगरी स्टाटस लेखेपछि पक्राउ परेका सुनारले केहिदिन अघि प्रचण्डका आँखा झिकेर तेलमा फ्राईगरेर खान मन लागेको र केपि ओलीलाई हत्या गर्न मन लागेको जस्ता स्टाटस लेखेका थिए ।

शिवरात्रीको बेलामा नाङ्गा साधुको तस्बीर राखेर समग्र महिलाले उनकै लिङ्गको जल खानुपर्ने स्टाटस लेखेका थिए । उनले लेखेका स्टाटसहरुले पत्रकार जगतकै बदनाम गराएको भन्दै पत्रकारका नाममा गलत गर्नेहरु माथि कारवाही हुनुपर्ने नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले वताउनु भयो।नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष भेषराज पाण्डेले पत्रकार नामका कलंकलाई कडा कारवाही गर्न माग गर्नु भयो ।

इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इण्टरनेट फ्रड (धोकाधडी), अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउण्ट आदिको चोरी गरी गरिने बैङ्किङ कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्याइउने क्षति लगायत अवैधानिक कार्यलाई पनि विश्वका अधिकांश मुलुकका कानूनले साइबर अपराध मानेको छ । नेपालमा प्रहरीले साइवर अपराधको नियमनका लागि विद्युतीय कारोबार ऐन २०६३ को प्रयोग गरिँदै आएको छ। उक्त ऐनको दफा ४७ नेपालमा हुने साइवर अपराध रोक्न सबैभन्दा बढी प्रयोग हुने दफा हो। यस दफाले कम्प्यूटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा नैतिकता, शिष्टाचारविरुद्धका सामग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन वा प्रदर्शन गरे दोषीलाई १ लाख रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद वा दुबै सजाय हुन सक्ने व्यवस्था गरेको छ । यता पक्राउपरेका सुनारलाई कडा कारवाहीको माग गर्दै बीहिवार अधिकारकर्मीहरुले प्रशासनलाई ज्ञापनपत्र बुझाउने तैयारी गरेका छन् ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com